चौथो प्रधान सेनापति कप पुरुष भलिबल, गण्डकी प्रदेशको दोस्रो जित

पोखरा, २० जेठ/ चौथो प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले दोस्रो जित निकाल्ने क्रममा प्रदेश नं ३ लाई सोमबार पराजित गरेको छ ।

गण्डकी प्रदेशले प्रदेश नं ३ लाई सोझो सेटमा पराजित गरेको हो । सोमबारको प्रतिस्पर्धामा गण्डकी प्रखदेशले २६९२४, २५९१४ र तेस्रो सेट २५९१४ मा पराजित गर्दै सेमिफाईनल सम्भावना प्रवल बनाएको छ ।

प्रतियोगितामा विजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । त्यसैगरी दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रोले ७५ हजार रुपैयाँ प्राप्त गर्ने गण्डकी प्रदेशका प्रशिक्षक राजकुमार गुरुङले जानकारी दिए । प्रतियोगिता २६ गतेसम्म सञ्चालन हुने छ ।

कमेन्टहरु
Loading...