अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित

पोखरा, ४ जेठ/ कोरोना भाइरस (कोभिड– १९)को संक्रमणपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित गरिएको गरेको छ ।

आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले आइतबार विज्ञप्ती जारी गर्दै विसम परिस्थितीका कारण प्रयोगिता स्थगित गरेको जानकारी दिए । जुन थर्ड अर्थात अन्नपूर्ण आरोहण दिवसको अवसर पारी जेठ १८ देखि २१ गतेसम्म कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा कार्यक्रम आयोजनाको तयारी थियो ।

अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न विगत तीन वर्षदेखि निरन्तर पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन गर्दै आएको उनले बताए । यस कार्यक्रमका लागि विभिन्न सरकारी र गै¥हसरकारी संघसंस्थाबाट विनियोजन हुँदै आएको रकम आगामी वर्षमा पनि निरन्तरताका लागि सम्बन्धित निकायसँग अनुरोध गरेको छ ।

वि.स. २०७५ फागुन १५ को हिमपातबाट अन्नपूर्ण आधार शिविरमा आएको हिमआँधिले अन्नपूर्ण आधार शिविरका होटलमा भएको गम्भीर क्षति, भ्रमण वर्ष २०२० को पूर्वसन्धामा अन्नपूर्ण पदयात्रामार्ग अन्तर्गत हिन्कु केभको भएको दुःखद घटना र अहिले विश्वव्यापी बनेको कोभिड–१९ को संक्रमण र त्यसको नियन्त्रण लागि अपनाइएको बन्दाबदी कारण यहाँको पर्यटन व्यवसायसँगै देशको सम्पूर्ण अर्थतन्त्रमा समेत गम्भीर असर परेको छ ।

तसर्थ धाराशायी बन्दै गएको अर्थतन्त्रलाई माथि उकास्न सम्पूर्ण पर्यटन क्षेत्रको पुनरुत्थान हुने गरी विशेष प्याकेज कार्यक्रम सञ्चालनका निम्ति स्थानीय, प्रदेश र संघ सरकारसँग विशेष माग गरेको छ ।

कमेन्टहरु
Loading...