दोस्रो युनिप्स स्पोर्टस् मिट–२०७० पोखरामा सुरु

पोखरा, ७ माघ।निजीतथा संस्थागतविद्यालय सड्डठन (युनिप्स) नेपालको आयोजनामा मड्डलबारदेखि पोखरामा दोस्रो युनिप्स स्पोर्टस् मिट –२०७० सुरु भएको छ। प्रतियोगिताको उद्घाटन गर्दै प्रमुखजिल्लाअधिकारी यादवप्रसादकोइरालाले खेलकुदले राष्ट्रको चिनारी अन्तर्राष्ट्रिय जगतमा पु¥याउने भएकोले यसको साथसाथै पढाइलाई पनि अगाडि बढाउनुपर्ने आवश्कताऔंल्याए। उनले खेलकुदको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म परिचित गराउने भाग्य नेपाललाई हालसम्मनमिलेकोले विद्यालयस्तरदखि सुरु चएको खेलकुदले त्यसमा योगदान पु¥याउन सक्ने विश्वास व्यक्त गरे। अन्तर्राष्ट्रिय जगतमा खेलकुलाई प्रतिष्ठाको रूपमालिइने गरिएको बताउँदै प्रजिअकोइरालाले सरकारको एकलप्रयासमामा त्र त्यो सभ्वननभएकोले यस कार्यमानिजी क्षेत्रसँगहातेमालो गरेर जाने प्रतिबद्धता व्यक्त गरे। प्याब्सन कास्कीका अध्यक्षचिनु रानाभाटले खेलकुदको माध्यमबाट शैक्षिकविकासको लागिजुनसुकै संस्थासँग सहकार्य गरेर जान सकिने भएपनिगुणस्तरीय शिक्षासँग कसैले सम्झौतागर्न नहुने बताए।

दोस्रो युनिप्स स्पोर्टस् मिट–२०७०
दोस्रो युनिप्स स्पोर्टस् मिट–२०७०

एन–प्याब्सानकास्कीकाअध्यक्ष रामबहादुर मोचीले खेलकुदशिक्षाको महŒवपूर्ण पाटो भएकोले यसले अनुशासनको जगलाई बलियो बनाउने बताए। उनले खेलकुदलाई सरकार र पाठ्यक्रमविकास केन्द्रले अतिरिक्तनभइ सहक्रियाकलापको रूपमालिएको बताए।अखिल नेपालशिक्षक सङ्घ कास्कीकाअध्यक्ष स्थिरप्रसाद खनालले शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउनुपर्ने बताए।

मड्डलबार नै भएको मार्चपासमा वेलनन एकेडेमीप्रथम, एलएञ्जलद्वितीय, माउण्ट हेभन एकेडेमी तृतीय र ज्ञानकुञ्ज विद्याश्रम सान्त्वनाभए।मार्चपासमा १२ वटा विद्यालयको सहभागिता रहेको थियो। युनिप्स नेपालकाअध्यक्षधु्रवगिरीको अध्यक्षतामाभएको उद्घाटन समारोहमा उपाध्यक्ष यमप्रसादपौडेलले स्वागतमन्तव्य राखेका थिए भने सचिवविश्वराजखनालले सञ्चालन गरेकाथिए।सो अवसरमाअफिसियलको तर्फबाट शंकर साह र खेलाडीको तर्फबाट स्मल हेभनकीएलिसा सुनारले सपथग्रहण गरेकाथिए।

मड्डलबार नै सम्पन्न१५ सय मिटर छात्र दौडमा ५ः२४ः९० सेकेण्डमा निर्धारित दूरी पार गर्दै एकता सेकेण्डरी बोर्डिङ स्कुलकाप्रमोद पौडेल प्रथम, ५ः३२ः०६ सेकेण्डमा पार गर्दै कालिकाबोर्डिङ स्कुलका अमर नेपालीद्वितीय, ५ः३६ः२३ सेकेण्डमा पूरा गर्दै एलएञ्जलकाविवेक जिसी तृतीयतथा ५ः४६ः२५ सेकेण्डमा पूरा गर्दै सत्यसाई आश्रमकाउपेन्द्र पौडेल सान्त्वनाभए।
आठ सय मिटर छात्रा दौडमा ३ः१५ः२५ सेकेण्डमा पूरा गर्दै एलएञ्जलकीअस्मिताआचार्य प्रथम, ३?२२ः८९ सेकेण्डमा पूरा गर्दै स्मल हेभनकी सलिना घिमिरे द्वितीय, ३ः२६ः२३ सेकेण्डमा पार गर्दै वेलनन एकेडेमीका संगीता भण्डारी तृतीयतथा ३ः३२ः२५ सेकेण्डमा पार गर्दै एकता सेकेण्डरी बोर्डिङ स्कुलकी रश्मी लामिछाने सान्त्वनाभएकाथिए। यस्तै छात्राभलिबलको पहिलो खेमाहोलीएञ्जलले एकता सेकेण्डरी बोर्डिङ स्कुललाई सोझो दुई सेटमा पराजितग¥यो।

माघ ९ गतेसम्मपोखरा रड्डशालामाहुने सो स्पोर्टस् मिटमा २५ विद्यालयको सहभागिता रहेको छ। प्रतियोगिताअन्तर्गतएथलेटिक्स, फुटबल रभलिबलविधाका खेल हुनेछन्। छात्र फुटबलमा १५ टीम, खुल्ला छात्र भलिबलमा १४ तथाखुल्ला छात्रा भलिबलम १३ टीमको सहभागिता रहेको खेलकुदउपसमितिका संयोजक सूर्य पौडेलले जानकारी दिए।प्रतियोगिताप्रथम, द्वितीय, तृतीयहुने खेलाडीलाई कप, मेडल र प्रमाणपत्र प्रदानगरिनेछ भने च्याम्पियनबन्ने विद्यालयले ट्रफी पाउनेछ।

कमेन्टहरु
Loading...