एशियाडमा पदक विजेता प्याराग्लाइडिङ खेलाडीलाई पोखरामा आज सम्मान गरिने

पोखरा, १९ भदौ / इण्डोनेसियामा आयोजित १८ औं एशियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेको

नेपाली प्याराग्लाइडिङ टोलीलाई घरेलु शहर पोखरामा नागरिक अभिनन्दनसहित सम्मान गरिने तयारी

गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय तथा जिल्ला खेलकुद विकास समिति र नेपाल हवाई खेलकुद संस्था (ना),

नेपाल प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङ संघ र पाईलट क्लबले संयुक्त रुपमा सम्मान गर्ने निर्णय गरेका हुन्

। खेलाडी तथा प्रशिक्षक आज विहान ११ बजे पोखरा विमानबाट आउने छन् । सोमबार पोखरा रंगशालास्थित

क्षेत्रीय खेलकुद विकास समितिको कार्यालयमा बसेको बैठकले संयुक्त रुपमा पदक विजेता खेलाडी तथा

अफिसियललाई सम्मान गर्ने निर्णय गरिएको क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले

जानकारी दिए ।

नेपालले एशियाडमा प्याराग्लाइडिङलाई पहिलो पटक सहभागिता गराएको थियो । पहिलो सहभगिता जनाएको

प्याराग्लाइडिङ खेलले झण्डै २० वर्षपछि पुरुष क्रस कन्ट्री टिम इभेण्टमा रजत पदक जितेको थियो । नेपाललाई

पहिलो रजत पदक भने सन १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारीले जितेकी थिईन् ।

पदक विजेता प्याराग्लाइडिङ टोली आईतबार राती नेपाल आईपुगेको थियो । टोलीलाई स्वागत गर्न युवा तथा

खेलकुद मन्त्री जगत विश्वकर्मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । खेलाडीलाई सोमबार विशेष

कार्यक्रम गरी नगदसहित काठमाडौमा सम्मानित गरिएको छ । पोखरामा आयोजना हुने सम्मान कार्यक्रममा

समेत खेलकुदमन्त्री विश्वकर्मा नै उपस्थिति हुने छन् । मन्त्रीसँगै राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव

केशवकुमार विष्ट समेत उपस्थिति रहने जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख प्रकाश बरालले बताए ।

प्याराग्लाइडिङको पुरुष टिम इभेण्टमा विमल अधिकारी, शुशिल गुरुङ, युकेश गुरुङ, विजय गौतम र विशाल

थापा सहभागि थिए । महिला तर्फ त्रिशा श्रेष्ठ, प्रतिभा भुजेल र सविता तामाङले प्रतिस्पर्धाको लागि जकार्ता

पुगेका थिए । उनीहरुको साथमा प्रशिक्षक योगेश भट्टराई, सानोबावु सुनुवार र व्यवस्थापकमा शैलेन्द्र रावत

इण्डोनेसिया गएका हुन् । नेपाली प्याराग्लाइडिङ टिमले छ वटा पदकमा प्रतिस्पर्धा गरेका थिए । एक्युरेसी

एकल र युगलमा महिला तथा पुरुष तथा क्रसकन्ट्री विधामा पुरुष र महिला टिमले प्रतिस्पर्धा उत्रिएका थिए ।

यद्यपी पदक भने पुरुष टिम क्रसकन्ट्रीमा जापानसँग २७ अंकले पछि पर्दै रजत पदकमा चिक्त बुझाएको थियो

। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष दिपकबहादुर गोदारलाई संयोजक तोकिएको छ ।

मंगलबार विहान पोखरा विमानस्थल ओर्लिएपछि खेलाडीलाई बाजागाजासहित पोखरा बजार परिक्रमा गर्दै

नागरिक अभिनन्दन गराई पोखरा रंगशालामा पुगेर सम्मान समारोह गरिने संयोजक गोदारले बताए । उनका

अनुसार विमानस्थलबाट मुस्ताङचोक, विरौटाचोक, ड्यामसाईड, शहीदचोक, गौरीघाट, बाराहीचोक,

हल्लनचोक, जिरोकिलोमिटर, सभागृहचोक, न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुदैं पोखरा

रंगशालामा पुगेर सम्मान कार्यक्रम गरिने छ ।

नेपाल हवाई खेलकुद संस्थाका कार्यबहाक अध्यक्ष कृष्णप्रसाद भण्डारीले पोखराबाट शुरुवात भएको

प्याराग्लाइडिङ खेलमा ऐतिहासिक रजत पदक विजेता खेलाडीलाई संयुक्तरुपमै सम्मान गर्न पाउनु गर्विलो

अनुभूति भएको बताए । उनले झाँकीसहित बजार परिक्रमा गराई सम्मान गर्न सबै खेलाडी, खेलकुदकर्मी,

पर्यटन व्यवसायी तथा आम पोखरेली जनमानसको उत्साहजनक सहभागिता हुने विश्वास व्यक्त गरे ।

पोखरामा प्याराग्लाईडिङ शुरु भएको २० वर्ष वित्यो । २० वर्ष पुगेकै अवस्थामा नेपाललाई रजत पदक दिलाएको

हो ।

दुईवर्षअघि इण्डोनेसियामै आयोजित खुल्ला इन्टरनेशनल प्याराग्लाइडिङ प्रतियोगितामा यीनै खेलाडीले स्वर्ण

पदक दिलाएका थिए । एशियाडमा सहभागि प्याराग्लाइडिङ खेलाडी पोखरेली हुन् । प्याराग्लाईडिङ पोखराबाटै

शुरुवात भएको हो । सन १९९६ देखि पोखरामा प्याराग्लाइडिङको शुरुवात भएको हो । त्यसले व्यवसायिक रुप

भने दुईवर्षपछि लिएको थियो । पोखरामा वर्षेनी खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप हुदैं आएको छ ।

कमेन्टहरु
Loading...