एसियाडमा प्याराग्लाइडिङमा पदक जित्ने सम्भावना, चौथो दिनपछि नेपाल दोस्रो स्थानमा

पोखरा, १२ भदौ / इन्डोनेसियामा जारी १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत प्याराग्लाइडिङमा नेपालले

मंगलबार उत्कृष्ट प्रदर्शन गर्दै पदकको आशा कार्यमै राखेको छ । प्याराग्लाइडिङको क्रसकन्ट्री विधामा नेपाली

पुरूष टोलीले उत्कृष्ट प्रदर्शन गर्दै चौथो राउण्डको खेलपछि दोस्रो स्थानमा उक्लिएको छ । पहिलो र दोस्रो दिनमा

तेस्रो स्थानमा रहेको नेपाली पुरूष टोली तेस्रो दिन चौथो स्थानमा झरेको थियो । तर, चौथो दिन उत्कृष्ट

पुनरागमन गर्दै दोस्रो स्थानमा उक्लिएको हो । जापान शीर्ष स्थानमा छ ।

बुधबार क्रस कन्ट्रीको अन्तिम राउण्डको खेल हुनेछ । त्यसबाट पदक जित्ने राष्ट्रको टुङ्गो लाग्नेछ । नेपालको

पुरुष टिममा विमल अधिकारी, विमल गौतम, सुशिल गुरुङ, युकेश गुरुङ र विशाल थापा छन् ।

म्यानेजर शैलेन राउतले बुधबारको खेलमा अझ सुधारीएको प्रर्दशन गर्दै नेपालले स्वर्ण जित्ने लक्ष्यका साथ

अगाडी बढ्ने बताए ।

महिला क्रसकन्ट्रीमा भने नेपाली टोली चौथो राउण्ड पछि छैठौं स्थानमै छ । महिला क्रसकन्ट्रीमा त्रिशा श्रेष्ठ,

प्रतिभा भुजेल र सविता तामाङले प्रतिस्पर्धामा छन् ।

कमेन्टहरु
Loading...