Ganthan News Pokhara
All news from Pokhara & around

१८ औं एशियन गेम्स, प्याराग्लाईडिङको एक्युरेसीमा पदकको आशा कमजोर

0

पोखरा, ६ भदौ / इण्डोनेसियामा जारी १८ औं एशियन गेम्स अन्तर्गत प्याराग्लाइडिङ तर्फ एक्युरेसी विधाको

प्रतिस्पर्धामा चौथो राउण्ड सकिदाँ नेपाली पाईलटले पदक जित्ने सम्भावना भने केही कमजोर बनेको छ ।

हावाको चापले आज मंगलबार दोस्रो दिन खेलाडीको सोचे जस्तो प्रदर्शन भने हुन नसकेको प्याराग्लाईडिङका

अफिसियल सानोबावु सुनुवारले बताए । ‘हामीलाई यो प्रतिस्पर्धा नयाँ हो । तर सोचे भन्दा राम्रो प्रदर्शन गरेका

छन् ।’ उनले भने–‘आज बुधबार फाईनल हुने छ ।’ नेपालले पदकको आशा भने प्यारग्लाईडिङकै अर्को विधा क्रस

कन्ट्रीमा गरेको उनले बताए । क्रस कन्ट्रीमा निश्चित दुरी, उचाईमा पुगेर फर्किएर ल्याण्डिङ गर्ने हो ।

एकल प्रतिस्पर्धा अन्तर्गत एक्युरेसी तर्फ पुरुषमा विजय गौतम र शुशिल गुरुङ छन् । भने महिला तर्फको सोही

प्रतिस्पर्धामा त्रिशा श्रेष्ठ र प्रतिभा भुजेलले प्रतिस्पर्धा गरिरहेका छन् । दोस्रो राउण्ड सकिदाँ २२ अंकसहित तेस्रो

स्थानमा रहेको विजय गौतम भने दोस्रो दिन मंगलबार पाँचौ राउण्ड सकिदाँ ११ औं स्थानमा झरेका छन । एकल

एक्युरेसीका अर्का प्रतिस्पर्धी शुशिल गुरुङ २५ औंस्थानमा छन् । पाचौं राउण्ड सकिदाँ पुरुष टिम एक्युरेसी

इभेण्टमा नेपाल आठौ स्थानमै छ । पहिलो स्थानमा आयोजक इण्डोनेसिया, दोस्रोमा चीन, तेस्रोमा मलेसिया,

चौथोमा थाइल्याण्ड र पाँचौमा कोरिया, छैटौंमा साउदी अरेबिया तथा सातौंमा चाईनिज ताईपेई रहेको छ ।

महिला तर्फको एकल एक्युरेसीमा नेपाली पाईलट त्रिशा श्रेष्ठ भने जापानकी खेलाडीसँग दशौं स्थानमा छिन् ।

अर्की प्रतिस्पर्धी प्रतिभा भुजेल भने १६ औं स्थानमा छिन् । महिला टिम एक्युरेसीमा भने नेपाल चौथो स्थानमा

यथावत छ ।  इण्डोनेसिया, थाईल्याण्ड र कोरिया नेपाल भन्दा अघि छन् । यद्यपी टिम एक्युरेसीमा महिला

टिम इभेण्टमा पदकको झिनो आशा भने अझै जिवितै छ । बुधबार अन्तिम राउण्ड पछि मात्रै पदकको टुगो

लाग्ने छ । टिम एक्युरेसीमा भने दशौं राउण्डसम्म प्रतिस्पर्धा हुने अफिसियल सुनुवारले बताए ।

इण्डोनेसियाको गुनुङ मास पानकाकमा आयोजित प्याराग्लाइडिङको प्रतिस्पर्धा अन्तर्गत नेपालले पदकको

आशा गरेको क्रस कन्ट्रीको प्रतिस्पर्धा भने बिहीबारदेखि शुरु हुने छ ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु