धरानलाई हराउदै १७ औं आहा रारा गोल्डकपमा हिमालयन शेर्पा बिजयी

पोखरा, १० फागुन/ पोखरामा जारी १७ औं आहारारा गोल्डकपमा हिमालयन शेर्पाले विजयी शुरुवात गरेको छ । शेर्पाले धरान फुटबल क्लबलाई १–० गोलले पन्छाउँदै शेर्पाले क्वाटरफाइलनमा प्रबेश गरेको छ । सहारा क्लबको आयोजनामा शुुक्रबार भएको खेलमा हिमालयन शेर्पाले निर्णायक गोल गर्न एक घण्टा बढीको समय लगायो ।

७८ मिनेटमा गोलको खडेरी तोड्दै जित सुनिश्चित बनायो । प्याट्रिक प्रिभाट गोहाको क्रस बललाई त्रिदेव गुरुङले डाईभ हेड गर्दै गोल गरे । जुन गोलले शेर्पालाई खुशीयाली दिलाउने पर्याप्त रह्यो । उनको गोल नै खेल जिताउने एकमात्र टर्निङ प्वान्ट बन्यो ।

शेर्पाले गोल गर्नुअघि फ्रिकिकको अवसर प्राप्त गरेको थियो । तर फ्रिकिकलाई धरानका डिफेन्सले क्लियर गरे । शेर्पाका स्टपर उलरिच सेवाईले प्याट्रिक प्रिभाट गोहालाई बल सप्लाई गरिदिएका थिए । प्याट्रिक प्रिभाट गोहाले मिलाईदिएको पासलाई गुरुङले उत्कृष्ठ डाईभिङ हेड गर्दै गोल गरेपछि धराने क्लबले पोखरा यात्रालाई विट मार्न पुग्यो ।

खेलको पहिलो हाफ खासै मुभ बन्न सकेन् । खेलमा दुवैले आक्रमणको रणनीति बनाउँदै ४५ मिनेटलाई टुंग्याए । दोस्रो हाफमा भने केही उत्साह देखियो । दुवै टोलीले गोलको लागि मुभ बनाए । तर गोल भने हिमालयन शेर्पाले निकाल्यो । ५८ औं मिनेटमा धरानले कर्नर पाएको थियो । त्यसलगत्तै पाएको फ्रिकिकलाई समेत फोफाना द्रहिमाले शेर्पाको गोलकिपर किशोर गिरीको हातमै पर्यो ।

६७ औ मिनेटमा पनि अवसर धरानले सृजना गर्यो । तर स्ट्राईकिङ क्षमता कमजोर रह्यो । धरानका पुराना र अनुभवी खेलाडी योगेश राईले हानेको लामो फ्रिकिक बललाई शेर्पाका गोलकिपरले पन्च गर्दै जोगाए । खेलमा निर्णायाक गोल गरेका त्रिदेव गुरुङ म्यान अफ दि म्याच घोषित भए । उनले नगद ५ हजार रुपैयाँ पुरस्कार जिते ।

सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजन सञ्चालित १७ औं सस्करणको आहा रारा गोल्डकपको पहिलो प्रिक्वार्टर फाईनल खेल मनाङ मस्र्याङ्दीले सहारा क्लबलाई पराजित गरेको शसस्त्र प्रहरी बल(एपीएफ)सँग प्रतिस्पर्धा गर्ने छ ।

कमेन्टहरु
Loading...