१६ औं आहा रारा गोल्डकपबाट करिब २४ लाख नाफा

पोखरा, ९ भदौ/ १६ औं सस्करणको आहा रारा गोल्डकपबाट सहारा क्लबले २३ लाख ७६ हजार रुपैयाँ नाफा

कमाएको छ । नाफा रकम सहारा एकेडेमीलाई वार्षिक गाँसबाँसमा खर्च गरिने छ । माघ ९ देखि २० गतेसम्म

क्लबस्तरीय नकाउट फुटबल प्रतियोगिताबाट ९४ लाख ४१ हजार आम्दिनबाट ७० लाख ६५ हजार रुपैयाँ खर्च कट्टाएर २३ लाख ७६ हजार रुपैयाँ बचत भएको क्लबले जनाएको छ ।

शनिबार पत्रकार सम्मेलन गरि १६ औं सस्करणको प्रतियोगितामा गेट टिकटबाट ३३ लाख ५०, मुख्य प्रायोजक

रारा चाउचाउले १३ लाख ५० हजार रुपैयाँ, खेलकुद परिषदले ५ लाख, गोर्खा ब्रअुरीले ३ लाख ५० हजार आर्थिक

सहयोग गरेको सहारा क्लबका अध्यक्ष केशब थापाले जानकारी दिए । सहारा क्लब अष्टे«लियाले २ लाख ५१

हजार, लुम्बिनी विकास बैंक, पृथ्वीराजमार्ग बस सञ्चालक समितिले १ लाख ५० हजार, सहारा हङकङले १ लाख

२६ हजार, रोयल इन्फिल्ड(बुलेट)ले र नेपाल पर्यटन बोर्डले ७५÷७५ हजार रुपैयाँ सहयोग गर्दै प्रतियोगितालाई

सहयोग गरेको थापाले जानकारी दिए ।

११ दिनमा खेलाडीलाई २८ लाख २२ हजार खर्च भएको अर्थ संकलन उपसमिति संयोजक टिका कार्कीले

जानकारी दिए । मैदान, स्टेज र प्यारापिट व्यवस्थापनमा ६ लाख, प्रोत्साहन खर्च ११ लाख ६२ हजार, रेफ्री ४ लाख

६३ हजार, कर वापत गतवर्षको १ लाख ८२ हजार तिरेको उनले बताए । यातायातमा १ लाख ३८ हजार, अतिथि

सत्कारमा २ लाख ६ हजार, फोटो फ्रेम तथा मायाको चिनोमा १ लाख ६२ हजार, मन्च व्यवस्थापनमा १ लाख ३०

हजार र व्यानर कपडा तथा लेखाई खर्च १ लाख ४१ हजार खर्च भएको संयोजक कार्कीले आयव्यय सुनाए ।

कमेन्टहरु
Loading...