सागमा भारतको बर्चस्व कायमै, नेपाल २३ पदकसहित पाचौं स्थानमा

सन्देश श्रेष्ठ
भारत, सिलोङ, २६ माघ/भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) को पाचौं दिन नेपालले १० पदक जितेको छ । नेपालले आज उसुमा एक रजत र एक काश्य, खोखोमा २ काश्य, आर्चरी, पौडी, टेबलटेनिस, महिला भलिवल, एथ्लेटिक्स र भारत्तोलनमा एक÷एक काश्य पदक गरी १० पदक जितेको हो ।

योसँगै नेपालको पदक संख्या २३ पुगेको छ । नेपालको एक स्वर्ण, ५ रजत र १७ काश्यसहित कुल २० पदक पुगेको हो । साथै नेपाल पदक तालिकाको पाचौं स्थानमा कायमै छ ।

भारत भने ७६ स्वर्ण, ३६ रजत १० काश्यसहित कुल १२२ पदक जितेर पदक तालिकाको शीर्ष स्थानमा कायम छ । श्रीलंका १७ स्वर्ण, ३७ रजत र ३३ काश्यसहित कुल ८७ पदक जितेर दोश्रो, पाकिस्तान ५ स्वर्ण, १२ रजत र २० काश्यसहित कुल ३७ पदक जितेर तेश्रो र बंगलादेश ३ स्वर्ण, ८ रजत र २७ काश्य सहित कुल ३८ पदक जितेर पदक तालिकाको चौथो स्थानमा रहेको छ ।

त्यस्तै, अफ्गानिस्तान २ रजत र ५ काश्यसहित कुल ७ पदक जितेर छैटौं, भुटान १ रजत र ४ काश्यसहित कुल ५ पदक जितेर सातौं र एक रजत र एक काश्यसहित कुल २ पदक मात्र जितेको मालदिभ्स पदक तालिकाको पुछारमा रहेको छ ।

कमेन्टहरु
Loading...