१३ औं साग अन्र्तगत पोखरामा बिहीबार देखि आर्चरी सुरु

पोखरा १९, मंसिर / १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत आज देखि पोखरामा आर्चरी खेल सुरु भएको छ । पाकिस्तान अन्तिम समयमा आएर सहभागि नहुने भए पछि विहिबार उक्त खेलको उद्घाटन सहित अभ्यास खेल सुरु भएको हो ।

पाकिस्तानले अन्तिम अबस्थामा आएर आफ्नो आन्तरिक कारण देखाउदै आर्चरी खेलमा सहभागि नभएपछि विहिबार अभ्यास (वामअफ) खेल भएको नेपाल आर्चरी संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष बसन्त थकालीले बताए ।

मंसिर २३ गतेसम्म चल्ने उक्त खेलको उद्घाटन १३ औं साग स्थानिय व्यबस्थापन तथा सहजीकरण समिति पोखराका सदस्य एवं गण्डकी प्रदेश सांसद मोहन रेग्मीले गरेका हु्न। पोखरामा साग हुनुले पोखराको खेल पर्यटनको प्रबद्र्धन हुने विश्वास व्यक्त गरे । पोखरामा हुने साग अन्र्तगतका खेलहरु भव्य रुपमा सम्पन्न गर्न सवैमा सांसद रेग्मीले आव्हान समेत गरेकाछन्। नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

विहिबार देखि र्याङकिङ राउण्ड सुरु हुनु हुने भनिए पनि पाकिस्तान प्रतियोगितामा सहभागि नभएकोले शुक्रबार देखि र्याङकिङ राउण्ड सुरु हुने भएको संघका बरिष्ठ उपाध्यक्ष थकालीले बताए ।

प्रतियोगितामा नेपाल सहित भुटान, श्रीलंका र बंगलादेश सहभागि भएकाछन्। भुटानका ९ जना खेलाडीहरु प्रतियोगितामा सहभागि हुदैछन भने अन्य तीन देशका १६÷१६ जना खेलाडीहरु सहभागि हुने भएकाछन््। टिम रिकर्भ (७० मिटर) महिला पुरुष, एकल रिकर्भ, महिला तथा पुरुष र मिक्स रिकर्भ गरी ५ स्वर्ण पदकको लागि प्रतिस्प्रर्धा हुने भएको छ ।

त्यसै गरी कम्पाउण्ड (५० मिटर) महिला तथा पुरुष, कम्पाउण्ड एकल महिला तथा पुरुष र मिक्स तर्फ गरी ५ स्वर्ण गरी जम्मा १० स्वर्ण पदकको लागि ५७ जना खेलाडीहरु प्रतिस्प्रर्धामा उत्र्रिने भएका हुन्। यस प्रतियोगितामा सहभागि खेलाडीहरुको विश्व आर्चरी महासंघले र्याङकिङ गर्ने भएको छ ।

कमेन्टहरु
Loading...