लयमा फर्किंदै बिच भलिबल

पोखरा, २० मंसिर /बिहीबार निराशाजनक प्रदर्शन गरेको नेपालको बिच भलिबल टोलीले शुक्रबार भने आफूलाई सुधारेको छ । पुरुष र महिलाका २/२ टिमले शुक्रबारको सबै खेलमा जित हासिल गरेका हुन् ।

फेवा किनारको बाराही मैदानमा भएको बिच भलिबलमा नेपालका खेलाडी उत्कृष्ट प्रदर्शन गर्दै लयमा फर्किए । नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले शुक्रबार बंगलादेशका शेख मोहम्मद साने र हैदर मोहम्मद इमरानको जोडीलाई २१–१५ र २१–१८ ले पराजित ग¥यो । राजु विक र सञ्जु शाहको जोडीले बंगलादेशको मोहम्मद मोनिर हुसैन र मोहम्मद अलि शाहजहा“को जोडीलाई २२–२० र २१–१६ को सेटमा पाखा लगायो ।

महिलातर्फ नेपालका विनिता बुढाथोकी र नेविका चौधरीको जोडीले माल्दिभ्सका रसिदा अमिनाथ र साफ्ना इब्राहिमको जोडीलाई २१–५ र २१–६ ले पराजित गर्दै दर्शकलाई खुसी दिलाए ।
नेपालकै कोपिला उप्रेती र मनीषा चौधरीको जोडीले माल्दिभ्सकै जिनिया मोसा फातिमाथ र रुदाइना अमिनाथको जोडीलाई २१–१२ र २१–१२ को सजिलो सेटमा हरायो । खुट्टाको चोटका बावजुद पनि मनीषाले उत्कृष्ट प्रदर्शन गरिन् ।

शुक्रबार पहिलो खेलमा बंगलादेशका शेख मोहम्मन साने र हैदर मोहम्मद इमरानको जोडी श्रीलंकाको इन्डिका टिरोन र जयन सनुजाको जोडी १३–२१ र १७–२१ ले पराजित भयो । माल्दिभ्सका अब्दुल्ला जायन र अहमद मोहम्मदको जोडी पाकिस्तानको जस्नव खान र अफाख खानको जोडीस“ग १८–२१ र १३–२१ ल हार ब्यहो¥यो ।

बंगलादेशको मोहम्मद मोनिर हुसैन र मोहम्मद शाहजहा“ अलिको जोडी श्रीलंकाको प्रदीप असंका र अशेन कुमाराको जोडीस“ग १८–२१ र ११–२१ ले पराजित बन्यो । माल्दिभ्सको एडम नसीम र मोहम्मद अलिको जोडीले पाकिस्तानको मोहम्मद रज्जाक र वसीन मोहम्मदको जोडीलाई २१–१९ र २१–१७ ले हराउन सफल भयो ।

श्रीलंकाका इन्डिका टिरोन र जयन सनुजाको जोडीले माल्दिभ्सका अब्दुल्ला जायन र अहमद मोहम्मदको जोडीलाई २१–१० र २१–१६ को सेटमा हरायो । श्रीलंकाकै प्रदीप असंका र अशेन कुमाराको जोडीले माल्दिभ्सका एडम नसीम र मोहम्मद अलिको जोडीलाई २१–१४ र २१–१३ को सेटमा हरायो ।

हालसम्म पुरुषतर्फ समूह ‘ए’ र समूह ‘बी’ मा श्रीलंकाका दुई टिम ६÷६ अंकसहित शीर्षस्थानमा छन् । नेपालको दुबै टिम अंक तालिकाको तेस्रो स्थानमा छन् । शनिबार लिग चरणकै अन्य खेल हुने भलिबल संघका केन्द्रीय उपाध्यक्ष याम गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...