भारोत्तोलनमा नेपालको सहभागितामै कास्य सुनिश्चित, तारादेवी र लक्ष्मीलाई कास्य

पोखरा, २१ मंसिर/ १३ औं साग भारोत्तोलनअन्तर्गत नेपाल महिलातर्फको २ वटा वेट क्याटागोरीमा कास्य सुनिश्चित गर्दै शनिबारको खेलमा स्टेज उक्लियो । र, स्न्याच तथा क्लीन एण्ड जर्क दुवै विधामा लिफ्ट सकिँदा कास्यभन्दा माथि उक्लिन सकेन ।

भयो के भने, महिलातर्फ ७६ केजी र ८१ केजी तौल समूहमा मात्र ३ देशको सहभागितामा नेपालको लागि भारत, बंगलादेश र श्रीलंका बाधक बने । नेपालकी तारादेवी पुनले ७६ केजी तौल समूह र लक्ष्मी वनले ८१ केजी तौल समूहमा कास्यमा चित्त बुझाएका हुन् ।

पहिलो इभेन्टमा बंगलादेशकी माविया अख्तरले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा १०५ गरी कुल १८५ तौल उठाउँदै स्वर्ण जितिन् । त्यस्तै, श्रीलंकन खेलाडी बीसी प्रियन्थीले स्न्याचमा ८३ र क्लीन एण्ज जर्कमा १०१ गरी कुल १८४ किलो तौल बहन गरी देशलाई रजत पदक दिलाइन् । १२ औं सागमा समेत कास्य जितेकी नेपालकी तारादेवीले स्न्याचमा ७५ र क्लीन एण्ड जर्कमा ९७ गरी कुल १७२ तौल उठाएकी हुन् ।

त्यस्तै, ७६ केजी तौल समूहमा भारतकी सृष्टि सिंहले स्न्याचमा ८२ र क्लीन एण्ड जर्कमा १०८ गरी कुल १९० भार गरी स्वर्ण र बंगलादेशकी जुहोरा खातोन नीशाले कुल १६८ किलो तौल उठाउँदै रजत जित्न सफल भइन् ।

उनले स्न्याचतर्फ ७३ र क्लीन एण्ड जर्कमा ९५ तौल उठाएकी हुन् । ३ देशमात्र सहभागी सो इभेन्टमा नेपाल प्रहरीमा आबद्ध लक्ष्मी वनले स्न्याचमा ६० र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४० तौल उठाउँदै कास्य दिलाउन सफल भएकी हुन् । जारी प्रतियोगितामा नेपालले हालसम्म २ स्वर्ण र ८ कास्य जितिसकेको छ । प्रतियोगिता आइतबारसम्म चल्नेछ ।

कमेन्टहरु
Loading...