पाकिस्तानका दाजुभाईलाई भारोत्तोलनमा स्वर्ण

पोखरा, २२ मंसिर/ १३ औं साग भारोत्तोलन अन्तर्गत पाकिस्तानका दाजुभाईले स्वर्ण जितेका छन् । चार दिनसम्म पोखरामा चलेका प्रतियोगिताको अन्तिम दिन आइतबार पुरुष १०९ तौल समूह र १०९ प्लस तौल पुरुष दाजुभाईले स्वर्ण जितेका हुन् ।

१०९ तौल समूहमा पाकिस्तानी खेलाडी हन्जाला दस्तगीर वुटले स्वर्ण जिते । उनले स्न्याचतर्फ १५० र क्लीन एण्ड जर्कमा १८१ सहित कुल ३३१ किलो भार बहन गर्दै स्वर्ण जित्न सफल भए ।

त्यसै गरि १०९ प्लस तौल समूहमा पाकिस्तानकै मोहम्मद नुह दस्तगीर वुटले स्वर्ण जिते । उनले स्न्याचमा १६५ र क्लीन एण्ड जर्कमा २१५ गरी कुल ३८० तौल उठाएका हुन् । सो तौल जारी संस्करणको सर्वाधिक भार बहन हो ।

कमेन्टहरु
Loading...