यस्ता छन सात वटै प्रदेशका प्रस्तावित राजधानी

१८ पुस / सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो । भौतिक पूर्वाधारका आधारमा यी अस्थायी मुकामहरु तयार गरिएको छ ।

प्रस्ताव  अनुसार प्रदेश नंं १ को विराटनगर, प्रदेश नंं २ को जनकपुर, प्रदेश नंं ३ को भक्तपुरको ठिमी, प्रदेश नंं ४ को पोखरा, प्रदेश नंं ५ को दाङ, प्रदेश नंं ६ को सुर्खेत र प्रदेश नंं ७ को धनगढी अस्थायी मुकाम तोकिएको छ । शहरी विकास मन्त्रालयले स्थलगत अध्ययनपछि ती ठाउँ उपयुक्त हुने भएपछि मुकाम राख्नका लागि प्रस्ताव गरेको छ ।

कमेन्टहरु
Loading...