पुर्व वडा अध्यक्ष भण्डारीको निधन

पोखरा, ५ पुस /सविकको भदौरे तामागी वडा नम्बर ५ का पुर्व वडा अध्यक्ष तारानाथ भण्डारीको निधन भएको छ । मंगलबार दिऊसो उनलाई उपचारका लागि अस्पताल ल्याउदै गर्दा निधन भएको हो । छातीमा समस्या भएपछि उपचारका लागि छोरासगँ पोखरा आएका थिए ।

एक आफ्न्तले भने हल्लचोकमा आएपछि उनी बेहोस भए । बेहोस भएका भण्डारीको अस्पताला लगेपछि डाक्टरले मृत घोषणा गरेका थिए । शिक्षण पेसा र समाज सेवामा सक्रिय भण्डारी भदौरे तामागी वडा नम्बर ५ को वडा अध्यक्ष भएका थिए ।

भदौरेतामागी हाल पोखरा लेखनाथ महानगर पालिका वडा नम्बर २३ मा पर्दछ । भण्डारी नेपाली रेडक्रस भदौरे तामागी शाखा, विद्यालय व्यवस्थपनको अध्यक्ष लगाएतमा रहेर सामाजीक काममा सक्रिय थिए । उनको बुधबार अन्त्यस्टी गर्ने परिवारले जानकारी दिएको छ । उनका ३ छोरा, दुई श्रीमती, ४ छोरी छन् ।

कमेन्टहरु
Loading...