नेष्डा नेपालद्धारा संस्थागत शुभकामना आदान प्रदान

पोखरा, २ कात्तिक /राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालद्वारा विजय दशमी तथा शुभ दिपावली–२०७० का अवसरमा आयोजित संस्थागत टिका ग्रहण तथा शुभकामना आदन प्रदान गरेको छ । संस्थाले स्थापनाकाल देखि देशका १०८ शक्तिपिठहरुको टिका तथा जमरा संकलन गरी कोजाग्रत पुणिमाका दिन सामुहिक ग्रहण गर्ने कार्यक्रम आयोजना गर्दै आई रहेको छ ।

सामाजिक सद्भाव एवम् संस्था परिवार विच भावनात्मक प्रेमपुर्ण सम्वन्धको विकास गर्ने उद्धेश्यले आयोजित कार्यक्रममा पोखरामा क्रियाशिल संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सञ्चारकर्मी, संस्थाका पदाधिकारी एवम् कर्मचारीहरु गरी १ सय ५३ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दे संस्थाका कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाईले विजय दशमीका अवसरमा दुर्गामाताले सामाजिक सदभाव, सुख, शान्ति, समृद्धीका साथै आसन्न संविधानसभाको निर्वाचनमा विवेशिल मतदान गर्ने सक्षमता प्रदान गरुन उनको शुभकामना थियो ।

गरीवी विरुद्धको लडाईमा होमिएका समुन्नतकिा वाहकहरुलाई आमन्त्रित पाहुनाको शुभकामनाले थप उत्साह थपेको वताउदै संस्थाले पोखरामा भविस्यमा थप रचनात्मक कार्य गर्ने वताउनु भयो । कार्यक्रममा सामुहिक शुभकामना व्यक्त गर्दै आम नेपालीको साथै संस्थाका सदस्य, सञ्चालक पदाधिकारी, कार्यरत कर्मचारी एवम् संस्थामा आवद्ध ४५ हजार महिला दिदीबहिनीको सुख, शान्ति र सम्वृद्धिको कामना गरिएको थियो ।

कमेन्टहरु
Loading...