मानव मिलन नारि जागरण नेपालको अध्यक्षमा पुन शर्मा

पोखरा, १९ असोज। मानव मिलन नारि जागराण नेपालको शुक्रबार समपन्न तोश्रो अधिवेशनले पुनः सावित्री शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा सविता बराल, सचिवमा पार्वती पौडेल, कोषाध्यक्षमा शान्ता शर्मा र सहसचिवमा कमला गिरी रहेका छन्।यसैगरी सदस्यमा विष्णु गैरे, मेनुका पोखरेल, गौमती विक, अनिता कार्की, कामना लम्साल, मेनुका बराल चयन भएका छन्।

कार्यक्रममा विभिन्न संस्थामा उल्लेख्य सहयोग गरेको भन्दै विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, संस्थाका वरिष्ठ सल्लाहकार दुर्गा आचार्य, सक्रिय सदस्य कमला गिरी र आदर्श समाज राष्ट्रिय दैनिकका सम्वाददाता गुप्तप्रसाद शर्मा रहेका छन्। समारोहमा प्रमुख अतिथि नेपाल संगीत नाट्य प्रतिष्ठानका प्राज्ञ सदस्य लोकगायिका हरिदेवी कोइरालाले सम्मानपत्र प्रदान गरेर तथा संस्थाका अध्यक्ष सावित्री शर्माले दोसल्ला ओढाएर सम्मान गरेका थिए।

त्यस अवसरमा प्रमुख अतिथि कोइरालाले मानव मिलन नारी जागरण नेपालले स्थापनाको तीन वर्षको छोटो अवधिमा उदाहरणीय सामाजिक कार्यहø गरेकोमा प्रशंसा गर्दै सामाजिक सेवामा नारी शक्तिको पहिचान दिन संस्था सफल हुने बताइन्। स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले नारी जागरणले देखाएको सक्रियतालाई अरु सामाजिक संस्थाले प्रेरणाको रुपमा लिनुपर्ने बताए। सत्यसाई केन्द्र पोखराका अध्यक्ष कोमलबहादुर प्रजूले पोखरालाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न सके धेरै पर्यटक आउने धारणा राखे।

मानव मिलन पोखराका अध्यक्ष रेशमराज सुवेदीले नेपाल केशरी मणिभद्र मुनि महाराजको प्रेरणाबाट स्थापित मानव मिलन नारी जागरण नेपालले गुरुकै मार्गदर्शनबाट काम गरेको हुँदा संस्था सफल भएको बताए। वरिष्ठ सल्लाहकार दुर्गा आचार्यले शिक्षा, स्वास्थ्य र सेवा जस्तो महत्वपूर्ण विषयलाई संस्थाले अगाडि बढाएको बताइन्। एपेक्स इन्जिनियरिड्ड कन्सल्टेन्सी पोखराका प्रबन्ध निर्देशक रामचन्द्र पोखरेलले संस्थाले राम्रा काम गरेर सबैको विश्वास जितेको बताए।

कमेन्टहरु
Loading...