पत्रकार बराललाई मातृ शोक

पोखरा, २५ चैत /रेडियो नेपाल क्षेत्रिय प्रसारण केन्द्र पोखरामा कार्यरत पत्रकार हेमराज बराललाई मातृ शोक परेको छ । सुगर, प्रसेर लगायत मुटुको समस्याबाट ग्रसित पोखरा लेखनाथ मासबार नुवारथोक—७ निवासी दिलमाया बरालको ७२ वर्षको उमेरमा मृत्यु भएको हो ।

आईतबार बिहान ५ः३० बजे काठमाडौं ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएकोे परिवार स्रोतले जनाएको छ ।
उहाँका ४ छोरा, ३ छोरी रहेका छन् । उहाँको पार्थिक शरिरलाई आइतबार ४ बजे पोखरा ल्याईने र दाहसंस्कार गरिने परिवार स्रोतले जानकारी दिए ।

कमेन्टहरु
Loading...