माओवादी पूर्व सांसद ढुंगेललाई पक्राउ गर्न सर्वोच्चको आदेश

काठमाडौं,  ३१चैत/सर्वोच्च अदालतले सरकारलाई बालकृष्ण ढुंगेललाई पक्राउ गरेर जन्मकैदको फैसला कार्यान्वयन गर्न आदेश दिएको छ ।सर्वोच्चले अवहेलना मुद्दामा सुनुवाई गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई सर्वोच्चको फैसला कार्यान्वयन गर्न आदेश दिएको हो ।

माओवादी पूर्व सांसद समेत रहेका ढुंगेलले अदालतको फैसला खारेज गर्ने, पूर्वन्यायाधीशहरु खिलराज रेग्मी र कल्याण श्रेष्ठको नाममा वारेन्ट जारी गर्छु भन्दै अभिव्यक्ति दिएपछि उनीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको थियो ।यस्तै, ढुंगेललाई एक हप्ताभित्र पक्राउ गरी सम्बन्धित कारागारमा जिम्मा लगाइ प्रतिवेदन पेश गर्न सर्वोच्चले नेपाल प्रहरीका महानिरीक्षकलाई समेत आदेश जारी गरेको छ ।

रामेछापका गणेशकुमार श्रेष्ठको हत्यामा दोषी ठहर गर्दै जिल्ला अदालत ओखलढुंगाले २०६१ सालमा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको थियो । यसैबिच​ सर्वस्वसहित जन्मकैदको सजाय ठहर भएका नेकपा माओवादी केन्द्रका नेता ढुंगेललाई अविलम्ब पक्राउ गर्न सर्वोच्चले प्रधानमन्त्रीलाई आजै लिखित निर्देशन पनि पठाएको छ ।

अदाललतले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदलाई पठाएको पत्रमा कसुरदार ढुंगेललाई अविलम्ब पक्राउ गरी/गराइ फैसला बमोजिम कैदमा राख्ने व्यवस्था मिलाउन मातहतका गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय तथा सम्बन्धित प्रहरी कार्यालय समेतलाई निर्देशन दिन भनिएको छ । यसैबीच, आजै सर्वोच्च अदालतले पूर्वसभासद ढुंगेलविरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दामा सात दिनभित्र पक्राउ गरी कैद गर्ने व्यवस्था मिलाउन सरकारको नाममा आदेश जारी गरेको छ । न्यायाधीश डा. आनन्द मोहन भट्टराईको एकल इजलासले सो आदेश दिएको हो ।

कमेन्टहरु
Loading...