न्याधिस रेग्मीलाई मातृशोक

पोखरा, १५ फागुन/पोखरा लेखनाथ महानगरपािलका विन्ध्यवासीनि निवासी डम्बिका देवी रेग्मीको निधन भएको छ । उनको आइतबार साझँ आफै निवासमा ९१ बर्षको उमेरमा निधन भएको हो ।

उनको सोमबार सेती नदि किनारामा रहेको गाईघाटमा अन्त्यस्टी गरिएको छ । उनलाई जेठा छोरा केशबेन्द्र राज रेग्मीले दागबत्ती दिए । उनका तीन छोरा, बुहारी, एक छोरी छन् ।

उनका जेठा छोरा केशबेन्द्र राज रेग्मी पृथ्वीनारायण क्याम्पसका पुर्व प्रशासन प्रमुख हुन् भने माहिला छोरा माधबेन्द्र राज रेग्मी न्याधिस हुन् । त्यसै गरि कान्छा मुरलीमोहन रेग्मी कृषि सामग्रीकेन्द्रमा कार्यरत छन् ।

कमेन्टहरु
Loading...