पोखराका पर्यटन व्यवसायी भिम भट्टराईको निधन

पोखरा, ८ असोज /पोखराका पर्यटन व्यवसायी तथा समाज सेवी भिम भट्टराईको निधन भएको छ । शनिबार उनको काठमाडौको ग्राण्डी अस्पतालमा निधन भएको हो ।

पोखराका पर्यटन व्यवसायी तथा समाज सेवी भट्टराई निमोनियाका कारण निधन भएको हो । केहि दिन देखी निमोनियाका कारण विरामी परेका थिए । उनको आइतबार नै पोखराको रामघाटमा अन्त्यस्टी गर्ने परिवारीक स्रोतले जानकारी दिए ।

कमेन्टहरु
Loading...