वारपाक दुःखी रहँदा

ठाकुर प्रसाद त्रिपाठी

अन्तर्दाह भोग्दै जिउने लाई
तिम्रो पिडाले छुन सकेन होला
बह एउटैहो मन पुगेर हातपुगेन की?

दुधे शिशुसगलोरी गाउदागाउदै
चुम्वनलिएकै वेलाआफ्नो शरीर ढुङगाले
थिचिएर निसासियर प्यारो वच्चालाई
वचाउननसकेकीआमाहरुलाई

पढ्ने शिशु रमेर पढीरहेकै वेला
आफ्नै अगाडी खुट्टा गुमाएपनि
धेरै थुप्र्रावाट एउटा फुल
उद्र्रार गर्न नसक्ने गुरुहरुलाई

गोठालो गएको धने बिहेको सय दिन
पुग्ननपाएको वेला
विचारी गर्भवतीचमेलीको मनमा
अवोधशिशुतिनमहिनाको छरे

घरमापिढी रुगेर बसेकीआमा
जुने छोरा कामवाट फर्कने वाटो
एकनास हेरीरहेकी छन्रे
घरवार गुमेर पाखाका पाटामा

प्यालप्याले छतमा तारा गन्ने
हम्राभाइवन्धुलाई
चोखो मनको मायाचाहिएको छरे
तराईको दानाहिमसल्लाको छाना
एउटै मनमावारपाकमाजानु पर्छरे

मेरो मैलै उस्को उस्ले हैन
हाम्रो हामीले मन वचन र कर्मले
देशदुखिरहदायहाँहाम्रै पसिनाले
हाम्रो धरहरा हाम्रै वलवुतामाउभीनु पर्छ ।

चमेलीको गर्भे शिशु यो देशको
तारावन्नु पर्छ
वारपाकदुख्नु दुखिसक्यो
अवयहाँ धरहरा उभिनु पर्छ

अव वस्ती वस्नु पर्छ
पुनमुहार फेरीनु पर्छ
अवोधशिशु हाँस्ने र फुल्ने वन्नु पर्छ
लौन हो सवै मिलीविसेनगर्ची वन्नु पर्छ ।

कमेन्टहरु
Loading...