गुगलमा सर्वाधिक धेरै खोजी गरिएको ‘शब्द’मा रोनाल्डोको नाम ! फुटबल

एजेन्सी, मंसिर २८
सन् २०१८ को गुगल इन्टरनेट ट्रेन्डअनुसार गुगलमा सर्वाधिक धेरै खोजी गरिएको ‘शब्द’ मा युभेन्टसका पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको नाम पनि परेको छ । तर, यो हाल रोनाल्डो खेलिरहेको देश इटालीको मात्रै तथ्यांक हो ।

इटालीबाट वर्षभरि गुगल इन्जिनमा खोजी गरिएका शब्दमा रोनाल्डोको नाम तेस्रो नम्बरमा परेको हो । तर, खेलकुद क्षेत्रबाट पनि रोनाल्डोको नाम पहिलो नम्बरमा परेको छ ।

रोनाल्डोपछि खेल क्षेत्रबाट ‘वल्र्ड कप’ शब्द सबैभन्दा धेरै सर्च गरिएको छ । यसै सिजनको सुरुमा रियल मड्रिड छाडेर रोनाल्डो युभेन्टस गएपछि इटालीमा उनलाई गुगलमा खोज्ने र सामाजिक सन्जालमा पछ्याउनेको संख्या ह्वात्तै बढेको छ ।

रोनाल्डोको यो तथ्यांकले उनलाई इटालीमा प्रभाव जमाउन र उनको व्यत्तिगत बिजनेस बढाउन पनि सहयोग गर्ने देखिन्छ ।

कमेन्टहरु
Loading...