माछापुच्छ«ेमा परिवार योजनाका लागि सेटलाइट क्याम्प

पोखरा, २९ माघ / कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलामा परिवार योजना तथा प्रजनन स्वास्थ्य कार्यक्रम अन्तर्गत लामो अवधिको अस्थाई साधनको प्रयोग सम्वन्धी सेवाका लागि क्याम्प आयोजना गरिएको छ ।

गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामामा सार्दिखोला स्वास्थ्य चौकीमा लामो अबधिको अस्थायी परिवार नियोजन साधन आइयुसिडी र इम्पाल्न्ट लिन इच्छुक महिलाहरुका लागि सेटलाइट क्याम्प सञ्चालन गरिएकोमा २७ जना नयाँ सेवाग्राहीले इम्प्लान्ट तथा चार जनाले पुनः सोही साधनको प्रयोग गरेका थिए।

त्यसैगरि ६ जनाको साधन निकालिएको र एक जनाले आइयुसिडी सेवा लिएको जनस्वास्थ्य निरीक्षक डिल्लीराम दाहालले बताए । उनले स्वास्थ्यकर्मीहरुको प्रभावकारी परामर्श महिला स्वास्थ्य स्वयमेविकाको समुदाय सचेतनाको प्रतिफल स्वरुप क्याम्प आशा गरिएभन्दा बढी सफल भएको उल्लेख गरे ।

सो अवसरमा वडाध्यक्ष विक्रम गुरुङले स्वास्थ्यचौकीमा आवश्यक साधन स्रोत सम्पन्न बनाउँदै जनतालाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न आफू प्रतिवद्ध रहेको बताए । त्यसैगरि आज गाउँपालिकाको वडा नं ४ लाहाचोक स्थित जन जागरण विद्यालयमा जोखिम युक्त जनसंख्यामा क्षयरोग खकार परिक्षण माइक्रोस्कोपीक शिविर सञ्चालन गरिएको थियो ।

जसमा १५६ जना व्यक्तिहरुको ३१२ वटा खकारको नमुना लिइएको र त्यसको रिपोर्ट आउन दुई दिन लाग्ने बताइएको छ । शिविर अघि १० स्वयंसेवकलाई अभिमुखीकरण तालिम प्रदान गरी शंकास्पद क्षयरोगी, दूई हप्ता सम्म लगातार खोकी,बिगतमा क्षयरोग लागेका व्यक्ति र उनका परिवार, हाल औषधी खाइरहेका क्षयरोगिका परिवार र समुदायमा लुकेर रहेका क्षयरोगलाइ समयमा रोग निदान गरी उपचारको मुलधारमा ल्याउन टोल टोलमा स्वयंसेवकलाई परिचालन गरिएको थियो ।

शिविरमा जिल्ला स्वास्थ्य कार्यालय कास्की, भेडावारी प्राथमिक स्वास्थ्य केन्द्रबाट प्राबिधिक सहयोग उपलव्ध भएको बताइन्छ ।

कमेन्टहरु
Loading...