गण्डकीमा ५ जनाको कोरोना परीक्षण, ३ जनाको नेगेटिभ रिपोर्ट

पोखरा, २ चैत/ गण्डकी प्रदेशमा कोरोना भाइरसको आशंकामा लिईएको ५ वटा परीक्षणमध्ये ३ जनाको नेगेटिभ आएको छ भने २ वटा रिपोर्ट आउने क्रममा छ ।

म्याग्दी, मनिपाल शिक्षण अस्पताल, फिस्टेल अस्पताल पोखरामा संकलन गरेको नेगेटिभ आएको हो ।

सिभिक अस्पताल र लायन्स सामुदायिक अस्पताल लेखनाथबाट नमुना संकलनको रिपोर्ट आउन बाँकी रहेको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका निर्देशक डा बिनोद बिन्दु शर्माले जानकारी दिए । २ वटा रिपोर्ट सोमबार आउने उनले बताए ।

गण्डकी प्रदेश सरकारले कोरोना विरुद्धको तयारी तीब्र पारेको छ । नियमित जसो अनुगमन र समन्वयमा काम गरिरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

कमेन्टहरु
Loading...