पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका उपाध्यक्ष सहित सदस्यले दिए राजीनामा

पोखरा, १७ मंसिर / पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका उपाध्यक्ष सहित ४ जनाले सोमबार राजीनामा दिएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टलाई पत्र लेखेर उनीहरुले राजीनामा दिएका हुन् ।

समितिका उपाध्यक्ष सुनिल गुरुङ सदस्यहरु राजेन्द्र पहारी, देवेन्द्र केसी र राजु गुरुङले राजीनाका हुन् । एमाले र काँग्रेसको संयुक्त सरकार हुँदा आफुँहरु खेलकुद विकास समितिमा मनोनित भएको र हाल काँग्रेस सरकारमा नरहेकाले राजीनामा दिएको राजीनामा पत्रमा लेखिएको छ ।

समितिका उपाध्यक्ष सुनिल गुरुङलाई पदिए हैसियत नदिएको हुदाँ राजीनामा दिएको एकाथरिको भनाई छ । समितिका अध्यक्ष खगराज पौडेल अमेरिका गएपछि उपाध्यक्षलाई छोडेर सदस्यलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिईएको थियो ।

सदस्य सम्पन्न श्रेष्ठ कार्यवहाक अध्यक्ष अहिले अध्यक्ष भएका छन् । राजनीतिक रुपमा पदीय विभेद गरेपछि रुष्ट बनेका काँग्रेस तर्फका पदाधिकारी र सदस्यहरुले एकमुष्ट रुपमा राजीनामा बुझाएका हुन् ।

समितिको कार्यकाल ४ महिना बाँकी छ । यो कार्यकाल सकिएपछि नयाँ संरचनामा अनुसार गण्डकी प्रदेश स्तरीय समिति गठन गर्ने तयारी छ ।

कमेन्टहरु
Loading...