टी–२० क्रिकेटः नेपालद्वारा युएई ४ विकेटले पराजित, सिरिज १–१ को बराबरी

पोखरा, १८ माघ/ टी–२० अन्तराष्ट्रिय क्रिकेट सिरिजको दोस्रो दिन नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको छ । यूएईले दिएको १०८ रनको लक्ष्य नेपालले १९ दशमलब ३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले छैटौं विकेटका लागि ५५ रनको साझेदारी गरे । दीपेन्द्र ४७ रनमा अविजित रहे भने पवन १८ रन बनाएर आउट भए ।

त्यसै गरि करण केसी २० प्रदीप ऐरीले ८, ज्ञानेन्द्र मल्लले ७, सन्दीप जोरा १ र कप्तान पारस खड्का शून्य रनमै आउट भए । यसअघि आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर ब्याटिङ गरेको यूएईले १९.२ ओभरमा अलआउट हुँदै १०७ रन बनाएपछि नेपालले समान्य चुनौती पाएको थियो ।

नेपालका लागि अविनाश बोहराले ३ विकेट, सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेले समान २÷२ विकेट लिए ।नेपालले अब अन्तिम तथा सिरिजको तेस्रो खेल आइतबार खेल्नेछ ।

कमेन्टहरु
Loading...