पञ्जाबविरुद्ध तीन विकेट लिए सन्दीपले

पोखरा, ७ बैशाख /भारतमा चलिरहेको इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत किंग्स इलेभन पञ्जाब विरुद्धको खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिएका छन् ।

दिल्ली क्यापिटल्सबाट खेलिरहेका उनले खेलको दोस्रो ओभरमा बलिङ र व्यक्ति गत पहिलो ओभरमा केएल राहुललाई आउट गरेका हुन् । पहिलो ओभरमा सन्दीपले चौका र छक्कासहित ११ रन खर्चिए ।

त्यसै गरि व्यक्ति गत तेस्रो ओभर दुई विकेट लिए । उनले पहिलो बलमा ६ रन दिए । दोस्रो र अन्तिम बलमा क्रिस गेल र साम कुरनको विकेट लिए । अहिले सम्म उनले तीन ओभरमा ३३ रन दिए ।

पछिल्ला खेलमा सन्दीपलाई बेन्चमा राखेको दिल्लीले पञ्जाबविरूद्धको खेलमा मैदानमा उतारेको छ ।

कमेन्टहरु
Loading...