बंगलादेशलाई २-० ले हराउँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा

पोखरा, २३ भदौ / बंगलादेशमा जारी साफ च्याम्पियनसिप २०१८ मा घरेलु टोली बंगलादेशलाई २ – ० गोल

अन्तरले हराउँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रबेश गरेको छ । नेपाल समूह विजेता बन्दै

सेमिफाइनलमा प्रबेश गरेको हो । नेपालको जितमा बिमल घर्तिमगर र नवयुग श्रेष्ठले एक एक गोल गरे ।

खेलको ३३ औं मिनेटमा बिमल घर्तिमगरले गोल गर्दै नेपाललाई सुरूवाती अग्रता दिलाएका थिए ।

सुनिल बललाई वाले फैजले फाउल हानेपछि नेपालले फ्रिकिक पाएको थियो । उक्त मौकालाई बिमलले पोलको

दिशा दिएका हुन् । विमलको प्रहार हातमा आइसकेको बल घरेलु टोलीका गोलकिपर मोहम्मद साहिदुल आलमले

फुत्याएपछि गोल भएको थियो ।

पहिलो हाफ १-० ले अघि रहेको नेपालले दोस्रो हाफको अन्तिम मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपालको जित

निश्चित पारे । ६७ औं मिनेटमा भरत खवासलाई प्रतिस्थापन गरेका नवयुगले विशाल राईको पासलाई सदुपयोग

गरेका थिए । अघिल्लो खेलमा भुटानलाई हराउँदै पाकिस्तान प्रतियोगिताको सेमिफाईनल पुगेपछि नेपाललाई

जित्नैपर्ने दबाब थियो ।

यो जितसँगै नेपाल ६ अंकसहित समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो । पाकिस्तान र

बंगलादेशको पनि समान ६६ अंक भए पनि पाकिस्तान उपविजेता बन्दै सेमिफाइनल पुग्यो । नेपाल, बंगलादेश

र पाकिस्तानको समान ६ अंक भएपछि तीन टोलीबीचको नतिजा हेरिएको थियो । तीन टोलीको खेलमा

गोलअन्तरका आधारमा नेपाल अगाडि भएपछि समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।

यो सँगै सन् २०१३ पछि नेपाल पहिलो पटक सेमिफाइनल पुगेको हो ।

कमेन्टहरु
Loading...