बिबिसी छाडेर रविन्द्र मिश्र राजीनामा

काठमाडौं, १७ फागुन /बिबिसीमा कार्यरत पत्रकार रवीन्द्र मिश्रले सक्रिय पत्रकारिता छाडेर अब राजनीति गर्ने भएका छन्। बिबिसी नेपाली सेवाका प्रमुख रहेका मिश्रले मंगलबारदेखि उक्त संस्थामा राजीनामा दिएका छन् ।

राजनीतिक जीवनको सुरुवातबारे उनले मंगलबारै घोषणा गर्ने बताएका छन् । मिश्रले आफूले जीवनकै चुनौतीपूर्ण निर्णय गर्न लागेको सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । जीवनको सबैभन्दा चुनौतीपूर्ण निर्णय सार्वजनिक गर्न लागेको बताएका छन् ।

‘अबको १ घण्टामा मैले जीवनकै सबैभन्दा चुनौतिपूर्ण निर्णय प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्दैछु’, उनले भनेका छन्, ‘जुन मेरो फेसबुक र ट्विटरबाट पनि उपलब्ध हुनेछ।’

केही वर्षयता मिश्रले नेपाली राजनीतिमा नयाँ शक्तिको आवश्यकता भएको भन्दै सार्वजनिक पैरवी गर्दै आएका छन्। हाल उनीसँग नयाँ दल खोल्न कस–कसले काम गरिरहेको भन्ने कुरा सार्वजनिक भइसकेको छैन।

कमेन्टहरु
Loading...