पोखरामा हुने पिपिएल दोस्रो संस्करणको तयारी, मैदानको मर्मत कार्य शुरु

पोखरा, ३ कात्तिक/ कात्तिक अन्तिम साता पोखरा शुरु हुने संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिता लागि मैदानका बनाउने काम शुरु भएको छ । पोखराको क्रिकेट मैदानमा कात्तिक अन्तिम साता क्रिकेटको फ्रेन्जाईज च्याम्पियनसिप शुरु हुदैै छ ।

कार्तिक २६ गतेदेखि दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिता शुरु हुनेछ । केही दिन पहिले देखी शुरु भएको पिचको काम दुई हप्तामा सकिने क्युरेटर प्रदीप राउतले जानकारी दिए ।
उनले आउट फिल्ड भन्दा पनि पहिला पिच बताउने काम भईरहेको बताए । उनले दुईवटा पिच क्ले हुने र दुई वटा पिच भने हल्का हरियो हुने बताए । आउट फिल्डको घाँस काटेर लेभलिङ गर्ने काम गरिएको उनले बताए ।

पहिलो सस्करणको उपाधि पोखरा पल्टनले उचालेको थियो । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा सञ्चालित प्रतियोगितामा दर्शकको लागि आवश्यक सिटसहितको प्यारापिट समेत बनाउने योजना छ । गत वर्ष पहिलो संस्करणमा मैदान निर्माणमा खर्च बढी गरिएको थियो ।

जिल्ला खेलकुद विकास समितिको १० लाख रुपैयाँ र कास्की जिल्ला क्रिकेट संघको ९१ हजार रुपैयाँको लागतमा मैदानको वरिपरी माटो भरेर सम्याउने काम गरिसकिएको छ । झाडी बुट्यान सबै फालिएको छ । मैदान फराकिलो बनेको छ ।

विराटनगर टाइटन, बुटबल ब्लास्टस, चितवन राइनोज, धनगढी ब्लुज, काठमाडौं रोयल्स, र पोखरा पल्टनले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । ती कम्पनीले केही दिनभित्रैमा अब खेलाडीमाथि बोली लगाउने छन् । गत वर्ष पोखरा पल्टनले दुई घरेलु खेलाडीलाई अनुबन्धन गरेको थियो ।

कमेन्टहरु
Loading...