पोखरा जारी पुरुष लिग भलिबलको फाइनलमा आर्मी र शसस्त्र भिड्ने

पोखरा, ६ पुस /नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले र अर्को विभागीइ टोली एपिएफ चौथो संस्करणको आरबिबि एनभिए राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिताको फाइनल प्रबेश गरेका छन् । तेस्रो स्थानको लागि नेपाल पुलिस क्लबले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीसँग खेल्ने छ ।

आर्मी १८ अंकका साथ र्शिष स्थानमा छ भने एफिएफ १७ अंकका साथ दोस्रो, नेपाल पुलिस क्लब १६ अंकका साथ तेसोर मणिमुकुन्द ११ अंकका साथ चौथो स्थानमा छ । शुक्रबार लिगको अन्तिम खेल खेल्ने क्रममा आर्मीले नयाँबजारलाई सोझो सेटमा पराजित गर्दै तीन अंक जोड्यो । आर्मीले २५–१९, २५–२० र २५–१८ को सेटमा पराजित गर्दै अंक तालिकामा १८ अंकसहित शीर्षस्थानमा छ ।

शसस्त्र प्रहरीले पनि जवालाखेल माथि जित निकाल्दै तीन अंक जोड्ने क्रममा चार सेट खेल्न पुग्यो । २५–१० ले पहिलो सेट लिएको शसस्त्र दोस्रो सेटमा भने अप्रत्यासित हार व्यहोर्न पुग्यो । दोस्रो सेट १६–२५ ले गुमाएको शसस्त्रले तेस्रो सेट २५–१७ र चौथो सेटलाई २५–१२ ले लिदैं फाईनलमा आफुलाई सुरक्षित राख्यो । अंक तालिकामा १७ अंकसहित दोस्रो स्थानमा रहेर शसस्त्रले उपाधि भिडन्त पक्का बनायो ।

त्यसै गरि नेपाल पुलिस क्लबले पनि तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने गरी ढोरपाटन स्पोर्टस क्लबलाई सोझै सेटमा पन्छायो । २५–९, २५–२० र २५–२२ को सेटमा पराजित गर्दै पुलिसले १६ अंकसहित तेस्रो स्थानमा चिक्त बुझाउँदै तेस्रो स्थानको लागि भिड्ने छ । हेल्प नेपालले लिगकै बीचमा खेल परित्याग गरेर अनुपस्थिति भएपछि त्यसको प्रत्यक्ष फाईदा मणिमुकुमन्द भलिबल क्लबलाई हुन पुग्यो ।

मणिमुकुन्दले शुक्रबार हेल्प नेपालको अनुपस्थितिमा तीन अंक पाएपछि ११ अंकसहित चौथो स्थानमा रहदै तेस्रोस्थानको लागि शनिबार खेल्ने छ । नयाँबजार सामाजिक युवा क्लब र हेल्प नेपालले भारतीय खेलाडीलाई टोलीमा समावेश गरेका थिए । विजेता क्लबले नगद २ लाख रुपैयाँ सहित शिल्ड, पदक तथा प्रमाणपत्र पाउने छ ।

उपविजेता क्लबको पोल्टामा एकलाख रुपैयाँ नगदसहित शिल्ड, पदक तथा प्रमाणपत्र पाउने संयोजक राजकुमार गुरुङले जानकारी दिए । तेस्रो स्थानमा रहने क्लबले नगद ५० हजार रुपैयाँ पाउने छ । उत्कृष्ठ खेलाडीले २५ हजार रुपैयाँ ट्रफी तथा प्रमाणपत्र पाउने छ । बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट सेटर, बेष्ट डिफेन्स र बेष्ट सर्भरले पनि नगद ५ हजारसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे ।

कमेन्टहरु
Loading...