पोखरा रंगशालामा डोम निमार्ण हुने, निमार्णका लागि ग्लोबल टेण्डर आवाहान

धन बस्नेत
पोखरा, ५ मंसिर /पोखरा रंगशालामा इण्डोर गेम खेल्न मिल्ने डोम निर्माणको लागि आवश्यक प्रक्रिया शुरु गरिएको छ । त्यसको लागि राष्ट्रिय खेलकुद परिषदले आवश्यक ग्लोबल टेण्डर आह्वान गरिसकेको छ । “डोम निर्माणको लागि ग्लोबल टेण्डर आह्वान भईसकेको छ ।” पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले भने–“टेण्डर प्रक्रिया पुरा भएको दशमहिनाभित्र निर्माण सक्ने छौं ।” उनका अनुसार पुर्वाधार तयार १० महिनामा सक्ने लक्ष्य छ, तर भित्री पार्केटिङ गर्न भने दुईचार महिना थपिन सक्छ ।

डोम निर्माण गर्न ३५ दिने सूचना निस्किएको एकसाता पुग्यो । जमिनको फाउण्डेशन सिमेण्टको हुने छ । त्यसपछिको भाग भने पुरै “स्टिल कनेक्सन” गरी ट्रष्ट राखिने छ । भलिबल, बास्केटबल तथा ह्याण्डबलसहित मार्शल आर्टका खेलहरु प्रशिक्षणको लागि उपयुक्त हुने छ । “अन्तराष्ट्रियस्तरका इण्डोर गेम गर्न डोममा सहज हुने छ ।” उनले भने–“हिउँद, वर्षा दुवै मौसममा खेलाउन सकिन्छ ।” ११ करोडको लागतमा निर्माण गरिन डोमले पोखरालाई खेलकुदको गन्तव्य शहरको रुपमा परिचित गराउने विश्वास छ ।

फुटबल मैदान प्यारापिट

साग गेमको लागि समय अब डेढवर्ष छ । डेढवर्षभित्रमा आवश्यक पुर्वाधार तयार गर्नुपर्ने खाँचो छ । परिषदले पोखरामा सागको महिला फुटबल प्रतियोगिता सञ्चालन गर्ने उदघोष गरिसकेको छ । उदघोषलाई सार्थक बनाउन फुटबल मैदानसहित प्यारापिट निर्माणको लागि ग्लोबल टेण्डर आह्वान गरेको २६ दिन पुगिसकेको छ ।

“प्यारापिट निर्माण गर्न निकालिएको ग्लोबल टेण्डरमा चार देशका ६ वटा कम्पनीले चासो दिएका छन् ।” राखेप पुर्वाधार विभाग प्रमुख अरुण उपाध्यायले भने–“चासो दिएका कम्पनीले आवश्यक डेमोष्टे«सन९प्रस्तुतीकरण० गरिसकेका छन् ।” टेण्डर खरीद गर्ने म्याद यही मंसिर २२ गतेसम्म छ । इच्छुक कम्पनीले टेण्डर खरीद गरेपछि मात्रै फाईनल बिडिङ गरिने उनले सुनाए ।

फुटबल मैदान र प्यारापिट “ग्याल्भनाईज्ड स्टील मोडुलर सिष्टम”को बनाइने छ । भारतसँगै मेलसिया, फ्रान्स र चीनका कम्पनीले आफनो डेमोष्ट्रेसन गरेर फर्किएका छन् । टेण्डर खरीद गर्ने कम्पनीले दर्शक क्षमता, लागतसहितको प्रस्तावना पेश गर्नुपर्ने छ ।

पछिल्लो समय अन्तराष्ट्रिय क्षेत्रमा प्यारापिट “स्टिल स्ट्रक्चर”मा निर्माण हुदैं आएको छ । जुन सुरक्षाको दृष्टिकोणले पनि उपयुक्त हुने देखिन्छ । प्यारापिट फोल्डिङ सिष्टमको हुन्छ । माथि छत रहने छ । दर्शक क्षमता २० हजार ९ १० प्रतिशत तलमाथि हुने० टेण्डरमा उल्लेख छ । प्यारापिटको आयु फलामसँग निर्भर रहने इन्जिनियरहरुको भनाई छ ।

ट्रयाक अन्तराष्ट्रिय मापदण्ड अनुसारको सिन्थेटिक बनाईने छ । एथलेटिक्स अन्तर्गतको ११० मिटरको हर्डल्स प्रतिस्पर्धा लागि ट्रयाक निर्माण गरिने टेण्डरमा उल्लेख छ । फुटबल मैदानसहित प्यारापिट बनाउन राखेपले पहिलो किस्ता स्वरुप १७ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । मैदानसहितको प्यारापिट एवं एथलेटिक्स ट्रयाकको लागि ८५ करोड बजेट लागत अनुमान गरेको छ ।

भत्काउन बजेट

नयाँ भौतिक पुर्वाधार निर्माणको लागि पुराना संरचना भत्काउनुपर्छ । दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको लागि २०३९ सालमा फुटबल मैदान, दर्शक तथा भिआईपी प्यारापिट बनाईएको हो । जुन भूकम्पले जीर्ण भईसकेको छ । जीर्ण पुर्वाधार भत्काई नयाँ बनाउन ग्लोबल टेण्डर आह्वान भईसकेको छ ।

दुई प्यारापिट भत्काउन राखेपले आवश्यक बजेट पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिलाई पठाईसकेको छ । “पुराना संरचना भत्काउन ४५ लाख रुपैयाँ पठाईसकेका छौं ।” परिषदका पुर्वाधार विभाग प्रमुख उपाध्यायले भने–“नयाँ संरचना बनाउन ढिलाई नहोस भन्ने उद्देश्यले पुरानो भत्काएर सम्याउने छौं ।” प्यारापिट भत्काउनको लागि आवश्यक टेण्डर प्रक्रियामा रहेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष पौडेलले बताए ।

कमेन्टहरु
Loading...