पोखरा रंगशाला फुटबल मैदान तयार हुदै, ६३ लाखको दुबो

पोखरा, १६ कात्तिक / निर्माण थालेको ८ महिनापछि पोखरा रंगशालाभित्रको फुटबल मैदानले आकार लिएको छ । चरणबद्ध रुपमा बर्मुडा दुबो (चपरी) कोलकत्ताबाट आएपछि मैदानले नयाँ रुप लिएको हो ।

असोज ९ गते पहिलो चरणको दुबो पोखरा रंगशाला आईपुगेको थियो । पटक पटक गरी झण्डै ८६ हजार स्क्वायर फिट दुबो मैदानमा विछ्याई सकिएको छ । अब भने केही मरेको दुबो उखेलेर नयाँ राखेर मैदानलाई १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अगावै हरियाली बनाउने लक्ष्य छ । पोखरामा साफ अन्तरगत महिला फटुबल पनि हुदैछ ।

शनिबार मात्रै पाँचौ चरणमा दुबो आईपुगेको थियो । दुबोले मैदान भरिएको छ । मरेको केही ठाउँ साने काम भइरहेको भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)का प्रोजेक्ट म्यानेजर दिपक बरालले बताए । उनले दुबोको लागि कम्पनीले ढुवानीसहित ६३ लाख रुपैयाँ खर्चिएको बताए । बरालले प्यारापिटको केही सामान भारतको विशाखापट्नम बन्दरगाहबाट पोखराको लागि हिडिसकेको बताए ।

प्यारापिट जडानको लागि आवश्यक फाउण्डेशनको काम पुरा भईसकेको छ । पहिलो चरणमा १० हजार सिट जडान गरिने छ । ट्रयाकको लागि अस्फाल्ट कालोपत्रे सकिएको छ । ट्रयाकमा सिन्थेटिक राख्ने काम शुरु गर्ने तयारी भइरहेको उनले बताए ।

बरालले १५ दिनभित्रमा सिटलाई जोडिसक्ने योजना रहेको बताए । १६ हजार ५ सयबाट बढेर २० हजार गरी भीआईपी र दर्शक सिट क्षमताको प्यारापिट हुने छ । १ अर्ब २८ करोडको लागतमा निर्माणाधिन फुटबल मैदानको चारैतिर प्यारापिट र भिआईपी र चेन्जिङ रुम भने पूर्णरुपमा तयार हुने सम्भावना देखिदैन् । सम्झौताको आधा संख्यामा प्यारापिट जडान हुने छ ।

कमेन्टहरु
Loading...