पोखरा रंगशालाको फुटबल स्टेडियमको शिलान्यस (यस्तो बन्दै छ)

पोखरा, २६ फागुन/पोखरा रंगशाला फुटबल मैदानसहित स्टेडियम निर्माणको काम शुरु भएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले आईतबार शिलान्यास गर्दै तोकिएकै मितिमा स्टेडियमको निर्माण कार्य पुरा गर्न कम्पनीलाई निर्देशन दिए ।

उनले भौतिक पुर्वाधार तोकिएकै मितिमा पुरा गर्नुपर्ने जिम्मेवारी र दायित्व छ निर्माण जिम्मा लिने कम्पनीको भएको भन्दै कुशल निर्माणको परिचयलाई अझ बलियो बनाउन सुझाब दिए । पोखरामा फुटबल स्टेडियम निर्माणसँगै निर्माण भएका अन्य भौतिक पुर्वाधारले स्पोर्टस टुरिज्म सिटीको रुपमा विकास गर्न सहज हुने विश्वास व्यक्त गरे ।

फुटबल स्टेडियमको नक्सा
फुटबल स्टेडियमको नक्सा

शिलायान्स समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले पोखरा रंगशालालाई अब नयाँ माष्टर प्लान बनाई कार्ययोजना बनाउनु पर्ने बताए । उनले पोखराका बन्न लागेको स्टेडियम १८ हजार ५ सय सिट क्षमताको हुनेछ ।

यो नेपालकै ठूलो र आधुनिक रंगशाला बन्ने बताए । एक अर्ब २८ करोड २२ लाखको लागत अनुमान गरिएपछि १ अर्ब ३० करोडमा निर्माण पुरा हुने विश्वास दिलाए । उनले ३० हजार दर्शक क्षमता बढाउन मिल्ने गरी पुर्वाधार बनाईने दावी गरे ।

राष्ट्रिय खेलकुद परिषदले पोखरा फुटबल स्टेडियम निर्माणको लागि भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)सँग सम्झौता गरी जिम्मेवारी दिएको छ । फुटबल मैदान १०२ मिटर लम्बाई ६४ मिटरको चौडाई हुनुपर्ने छ । मैदान टर्फ अथवा प्राकृतिक राख्ने तय गरिएको छ ।

एथलेटिक्सको लागि सिन्थेटिक ट्रयाक हुनुपर्ने उल्लेख छ । ४०० मिटरको आठ लेनको सिन्थेटिक ट्रयाक हुनुपर्ने छ । स्टिल मोडुलर सिष्टमको स्टेडियम नेपालमै पहिलो भएको दावी कम्पनीले गरेको छ । सिन्थेटिक ट्रयाक जर्मन र स्टिल स्ट्रक्चर भने फ्रान्सबाट आउने छ ।

https://www.facebook.com/MyGanthan/videos/368530540402790/

कमेन्टहरु
Loading...