पोखरा प्रिमियर लिगमा पोखरा पल्टनलाई चितवनले दियो १४१ लक्ष्य

पोखरा, १२ कात्तिक / पोखरा प्रिमियर लिगको सोमबारको दास्रो खेलमा चितवन राइनोजले पहिलो पारिमा ५ विकेट गुमाइ १४० रन बनाउदै १४१ को लक्ष्य प्रस्तुत गरेको छ । टस जित्दै ब्याटिङ रोजेको चितवनले पोखरा पल्टनले १४० रन बताएको थियो ।

चितवनका लागि सुन्नी पटेलले ४६ रन, कप्तान पारस खड्काले ४४ रन, सोनु तामाङले २१, अनिल कुमार शाहले १६ रन बनाए । १८ रन हुदा पहिलो विकेटको रुपमा हरिशंकर शाह ३ रनमा आउट भएका थिए ।

त्यस्तै, २५ रन हुदा दोस्रो विकेटको रुपमा अनिलकुमार आउट भए । बलिङतर्फ पोखराका बिक्रम भुसालले २, शरद भेषावकर, मोहम्मद आलम, मोहम्मद नविदले समान १ (१ विकेट लिए ।

कमेन्टहरु
Loading...