विराटनगरको दोस्रो हार, धनगढी ब्लुजको ७८ रनको फराकिलो जित

पोखरा, ११ कात्तिक / छ व्याट्सम्यान दोहोरो अंकको रन नबनाई पभेलियन फर्किएपछि एक्सपर्ट धनगढी ब्लुजले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगर टाईटन भने सबै विकेट गुमाउँदै १०४ रनमै समेटिदैं दोस्रो हार व्यहोरेको छ ।

ओपनरले प्रभावकारी प्रदर्शन नगरेपछि मिडल अर्डरपछिका व्याट्सम्यान भने सस्तैमा आउट भएपछि विराटनगर १६।४ ओभर खेल्दै आउटआउट हुन पुग्यो । दोस्रो खेलमा ७८ रनले पराजित भएको विराटनगर टाईटन्स पोखरा प्रिमियर लिगको पुछारमा छ ।

प्रदीप ऐरीलाई चार रनमै गुमाएपछि विराटनगरको खराब लय पहिलो खेलको जस्तै देखियो । कमलसिंह ऐरीको बलमा सौरव खनालको हातबाट क्याच आउट हुदाँ केवल ४ रनमै थिए । सुनिल धमलाले २१ रन हिर्काए । जुन विराटनगरका लागि सर्वाधिक रनको रुपमा खातामा देखियो । दिपेन्द्रसिंह ऐरीले आउट गर्दा १४ बल खेलेका धमलाले ४ चौका प्रहार गरे ।

पाकिस्तानी खेलाडी मोहम्मद जैद आलमले पनि २१ बल खेल्दै १९ रन बनाई आउट हुदाँ विराटनगरको खराब प्रदर्शनले निरन्तरता पाईरह्यो । राजु रिजाल पनि ५ रनमै पभेलियन फर्किए । एन्ड्रयु सुबिकसानलाई पनि एक्सपर्ट धनगढी ब्लुजका लोउरेन्सको स्पीन बलमा घुम्दा स्टम्पिङ हुन पुगे । किशोर महतो ९, राजु पुलामी मगर २, पुष्प थापा २ ९रनआउट०, सन्दीप लामिछाने १०, जितेन्द्र मुखिया ९ रनमा आउट हुन पुगे । लोउरेन्सले तीन र दिपेन्द्रसिंह ऐरीले दुई विकेट लिएका थिए ।

टस हारेर व्याटिङमा

उत्रिने क्रममा नवौ नम्बरमा आएका सौरभ खनालको आक्रामक व्याटिङ र बेलायती खेलाडी पिटर ट्रेगोको अर्धशतकीय पारीमा एक्सपर्ट धनगढी ब्लुजले विराटनगर टाईटन्सलाई १८३ रनको चुनौति पेश गरेको थियो ।

१३ बल खेलेको खनालले दुई चौका र ५ छक्का हान्दै ४१ रन खेल्दै अन्तिम बलमा आउट हुदैं इनिङ्स टुग्याएका थिए । अन्तिम ओभर बलिङ गरेका जितेन्द्र मुखियालाई तीन छक्का हिर्काएपछि दबाव राखेपनि अन्तिम बलमा छक्का प्रहार गर्ने क्रममा लङअनमा सुनिल धमलाको हातबाट क्याच हुन पुगे ।

नमस्ते पोखरा प्रिमियर लिग फ्रेन्चाईज टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो दिन आईतबार धनगढीको शुरुवात भने राम्रो रहेन् । ओपनर व्याट्सम्यान बेलायती खेलाडी डि लोरेन्सलाई २ रनमै गुमाएपछि दबावमा परेको धनगढीले दोस्रो विकेटको रुपमा सन्दीप सुनारलाई ९ रनमै गुमाएको गुमाउन पुग्यो । पावर प्लेमै दुई विकेट गुमाएको धनगढीको इनिङ्सलाई उकास्ने काम भने पिटर ट्रेगोले गरे । उनले ३८ बल खेल्दै ५३ रन बनाए । दुई चौका र चार छक्का हाने । दिलिप नाथसँग उनले तेस्रो विकेटको लागि खासै साझेदारी भने गर्न पाएनन् ।

दिलिप नाथलाई जितेन्द्र मुखियाले क्लिन बोल्ड गरिदिए । नाथ पभेलियन फर्किएपछि क्रिजमा आएको प्रदीप ऐरी पनि क्रिजमा सेट हुनै पाएनन् । उनी २९ रनमा आउट भए । पिटरले प्रदीप ऐरीसँग ६९ रनको साझेदारी गरे । ऐरी स्क्वायरलेगमा छक्का हान्ने क्रममा क्याच आउट हुन पुगेका थिए ।

पिटरले सन्दीप झोरासँग

पनि खासै जम्न सकेनन् । झोरा र पिटरको बीचको समन्वय नहुदाँ पिटर स्ट्राईक लिन रन लिईसक्दा झोरा भने ढिला गरी दौडिदाँ रनआउटको शिकार भए । त्यसपछि आएका रविन क्षत्री पनि १२ रनमै रनआउट हुदैं बाहिरिए । क्षत्री र पिटर बीच पनि उस्तै समन्वयको अभाव देखियो । जितेन्द्र मुखियाको बलमा सन्दीप लामिछानको हातबाट क्याच आउट भए ।

टस हारेर व्याटिङको

निम्तो पाएको धनगढीको इनिङलाई सौरभ खनालले सम्हाले । विराटनगर टाईटन्सका बलर जितेन्द्र मुखिया निकै महंगा सावित भए । उनले चार ओभर बलिङ गर्ने क्रममा ४९ रन दिएर चार विकेट लिएका थिए । पाकिस्तानी खेलाडी मोहम्मद जैद आलमले दुई ओभर बलिङ गर्ने क्रममा २० रन दिदैं १ विकेट लिए । किशोर महतो, सन्दीप लामिछाने र सुनिल धमलाले पनि एक एक विकेट लिए । ५३ रन बनाएका पिटर म्यान अफ दि म्याच घोषित भए । दिउँसो दोस्रो खेल पोखरा पल्टनले बुटवल ब्लाटर्ससित खेल्ने छ ।

कमेन्टहरु
Loading...