प्रदेश नम्बर ४ मा वाम गठबन्धनको सिट बाँडफाँट, कास्कीमा एमालेलाई ६ र माओवादीलाई ३

पोखरा, १३ कात्तिक /प्रदेश नम्बर ४ का ११ जिल्लामा वाम गठबन्धनले उम्मेदवार बाँडफाँटको टुंगो लगाएको छ । उम्मेदवार छनोट कार्यदलले टुंगो लाग्न बाँकी जिल्लाको छिनोफानो गरेको हो ।

एमाले र माओवादी केन्द्रले २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ तथा केही समानुपातिक सिट बाँडफाँटलाई अन्तिम रुप दिएको हो । दुवै दलका शीर्ष नेताबीच शुक्रबारदेखि उक्त प्रदेशअन्तर्गत् प्रतिनिधि सभाका १८ र प्रदेश सभाका ३६ सिट बाँडफाँटबारे छलफल सुरु भएको थियो ।

जसअनुसार प्रतिनिधि सभाका १३ सिट एमालेको भागमा परेका छन् भने माओवादीको भागमा पाँच । प्रदेश सभातर्फ एमाले १९, माओवादी १५ र राष्ट्रिय जनमोर्चाले २ सिट पाएका छन् । कास्कीमा एक प्रतिनिधि सभासहित प्रदेशका २ सिट माओवादीले मागेको थियो । त्यसमध्ये प्रदेशका तीन सिटमा दिएको जानकारी प्राप्त भएको ।

माओवादीले पाएका सिटमध्ये पूर्वजिल्ला इन्चार्ज झलकपाणि तिवारीलाई कास्की १ ९क० र वर्तमान इन्चार्ज राजकाजी गुरुङलाई २ ९ख०मा टिकट दिने भएको छ । यस्तै, कास्की ३ ९क०मा रामजी बराललाई उम्मेदवार बनाउने तयारी उक्त पार्टीको छ ।

प्रतिनिधि सभामा कास्की १ बाट एमाले नेता खगराज अधिकारी, २ बाट रवीन्द्र अधिकारी र ३ बाट जगत विश्वकर्माले टिकट पाउने चर्चा छ । यद्यपि, विश्वकर्माको नाम टुंगो नलागेको स्रोतले जनाएको छ ।

कमेन्टहरु
Loading...