प्याराग्लाइडिङ एक्युरेसी विश्वकपमा नेपाली पाईलटको खराब प्रदर्शन, कोरियाली पाईलटको अग्रता

पोखरा, १७ कात्तिक / प्याराग्लाइडिङ एक्युरेसी विश्वपकको दोस्रो राउण्डसम्म शीर्षस्थानमा रहेका स्लोभानियाका पाईलट पाँचौ राउण्डको समाप्तीमा उनी चौथो स्थानमा झरेका छन् । पाँचौ राउण्डको समाप्तीमा शीर्ष तीन भित्र भने कोरियाली पाईटल छन् ।

शनिबारको तीन राउण्डमा कोरियन पाईलट(खेलाडी) स्याङयु लिमले ४ अंक मात्रै जोडेर समग्रमा १० अंकसहित शीर्षस्थानमा छन् । दोस्रोमा किम कि हयोन छन् । उनले पाँचौ राउण्डको समाप्तीमा ११ अंकमा छन् । तेस्रो स्थानमा जिहुन यो छन् । उनले १३ अंक जोडेका छन् ।

स्लोभानियाका पाईलट प्रिलोजुईक रोक १४ अंकमा छन् । सियोङमिन लि भने १५ अंक जोडेदै पाँचौ स्थानमा छन् । नेपाली पाईलट युकेश गुरुङ दशौं स्थानमा झरेका छन् । पाँचौ राउण्डको समाप्तीमा उनी २८ अंक जोडेका छन् । महिला तर्फको विधामा पनि शीर्षस्थानमा कोरियन खेलाडीकै बर्चस्व छ । पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् ।

युनयोङ चोले

शीर्षस्थानमा रहन पाँचौ राउण्डको समाप्तीमा २३ अंकमा रहेकी छिन् । कोरियाकै इन्सुक काङले दोस्रो स्थानमा चिक्त बुझाउदा ४३ अंकमा छिन् । पहिलो र दोस्रो राउण्डमा खराब लयमा रहेकी उनले पाचौ राउण्डको समाप्तीमा केवल तीन अंकमा सीमित रहेर उपाधि प्रतिस्पर्धामा आफनै सहकर्मीलाई पछ्याईरहेकी छिन् । नेपाली पाईलट त्रिशा श्रेष्ठ र सविता तामाङ भने पाँचौ र छैटौं स्थानमा छन् ।

उनीहरु भन्दा अघि भारतीय पाईटल गीता रेज्की गुन्तरी छन् । गुन्तरी २०२ अंकमा छिन् । त्रिशा ७६४ अंक र सबिता ८४३ अंकमा छिन् । अर्की पाईलट प्रतिभा भुजेल भने सातौ स्थानमा रहदाँ ९८४ अंकमा छन् । टिम इभेण्टको एक्युरेसीको प्रतिस्पर्धामा कोरियन टीम अगाडि छ । कोरियन टिमले ५८ अंक जोड्दा दोस्रो स्थानमा पनि कोरियन नै छ ।

टिममा चारजनाको अंक जोडिन्छ । दोस्रो स्थानमा रहेको कोरियन टिमले १३७ अंक जोडेको छ । नेपाली टिम भने तेस्रो स्थानमा छ । २४१ अंकसहित उपाधिको लागि नेपाली टिम प्रतिस्पर्धामा छ । स्याङजाको स्वरेकमा हिजोदेखि शुरु भएको हो । स्थानीय बाबु एडभेन्चर क्लव, नेपाल हवाइ खेलकुद संस्था (एनएए) र नेपाल प्याराग्लाइडिङ एण्ड ह्याङगलाइडिङ एशोसिएसनको आयोजनामा स्याङजामा यो प्रतिश्पर्धा आयोजना गरिएको हो ।

कमेन्टहरु
Loading...