पोखरा, १५ मंसिर /लामो समय देखि सडक नबनाएर धुलो खानु परेपछि पोखराको जिरो किलोका स्थानीय बासीन्दा आन्दोलीत भएका छन् । उनीहरुले आफ्ना माग पुरागराउन विहान एक घण्टा सडक नै बन्द गरे ।
पोखरा लेखनाथ महनगरपालिका वडा नम्बर ५ को जिरो किलोमिटर क्षेत्रका सडक धुलाम्य हुदाँ दिनहुँ धुलो खान बाध्य भएको स्थानीयको भनाई । विहान करिब १० बजे देखी स्थानी महिला केटा केटी युवायुवती सडकमा नै झरेर बन्द गरेका थिए । बाटो खुलाउन आएका प्रहरी र स्थानीय विच केही धकेला धकेल भएको थियो ।
पोखरा लेखनाथ महानगर पालिका वडा नम्बर ५ का वडा अध्यक्ष धनबहादुर नेपाली सगँ पनि स्थानीयले बाटो छिटो पिच गर्न दवाब दिए । केहि बेर स्थानीय, प्रहरी र वडा अध्यक्षको चर्का चर्की भएको थियो । वडा अध्यक्ष नेपाली स्थानीय सगँ दिनको तीन पटक सम्म धुलो मार्न पानी हाल्ने, १० दिन भित्र पिच गर्न सम्बन्धीत निकार्यमा दवाब दिने सहमती पछि बाटो खुलेको थियो ।




