क्रिकेटमा चीनलाई १० विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

एजेन्सी, १८ असार /नेपालले एसीसी यू १९ इस्टर्न रिजन २०१९ क्रिकेट प्रतियोगिताको पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

चीनले समुह चरणका दुबै खेल हारेपछि समुह ए का नेपाल र सिंगापुर स्वत सेमिफाइनलमा प्रवेश गरेका हुन् । नेपालले दोस्रो खेल शुक्रबार सिंगापुरसँग खेल्ने छ ।

सिंगापुर र नेपालबीचको नतिजाले समुह विजेता र उप विजेताको टुङ्गो लाग्ने छ । चीन मंगलबार सिंगापुरसँग ८ विकेटले पराजित भएको थियो ।

बुधबार चीनले प्रस्तुत गरेको ५४ रनको लक्ष्य नेपालले ५ ओभर मै कुनै विकेट नगुमाई पुरा गर्यो । नेपालको सहज जितमा सिनियर टिमबाट खेलि सकेका ओपनर पवन सरार्फ २१ बलमा ६ चौका र ३ छक्का सहित ४६ रनमा अविजित रहे । त्यस्तै रित गौतम १० बलमा १ चौका सहित १० रन बनाउदै नट आउट रहे ।

त्यसअघि किनारा ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चीनले २३.१ ओभरमा अल आउट हुँदै ५३ रनमा समेटियो । नेपालको घातक बलिङ सामु चीनका ९ ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

कमेन्टहरु
Loading...