आइटिएफ टेनिसमा भण्डारी र महंतीको भिड्ने

पोखरा, २८ भदौ/कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी एनआइसी एसिया बैंक नेपाल आइटिएफ सिनियर च्याम्पियनशिप टेनिस प्रतियोगिता अन्र्तगत ३५ वर्ष माथि नेपालका शिर्ष बरियताका कमल बहादुर भण्डारी र प्रतियोगिताकै आइटिएफ शिर्षस्थानका भारतीय खेलाडी दिलिप महंति बिच बिहीबार भिडन्त हुने भएको छ ।

कमल बहादुर भण्डारीले राजु श्रेष्ठ (गोरखा) लाई ६–१, ६–२ को सहज सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् । त्यसैगरि महंतिले नेपाली खेलाडी मानसिंह थापालाई ६–२, ६–० को सोझो सेटमा पराजित गरेर सेमिफाइनलमा प्रवेश गरे । भण्डारी र महंतिविचको प्रतिस्पर्धा प्रतियोगिताकै कडा प्रतिस्र्धाका रुपमा हेरिएको छ ।

‘महंतिलले सबै प्रकारका सर्टहरु खेलेका छन्, उनी बलिया खेलाडी हुन्’ नेपालका कमल भण्डारीले भने–‘तर म उनलाई अवश्यनै आफ्ट्यारोमा पार्नेनै छु ।’ महंतिले सेमिफाइनलको उक्त प्रतियोगिता ‘फिप्टी फिप्टीकै हुन सक्ने बताए । ‘नेपालकै शिर्षस्थानका खेलाडी भनेपछि पक्कैपनि राम्रो होलान्, खेल बराबरीकै होला भन्ने सोंचेको छु’–उनले भने ।

प्रतियोगितामा तेश्रो मुलुकका एकमात्रै खेलाडी फिन्ल्याण्डका पिक्का रन्तला प्रतियोगिताबाट बाहिरिएका छन् । उनी सेमिफाइनलमा भारतका कमलेश शुक्लासंग ६–१, ६–१ को सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बिदा लिए । साह्रो कोर्ट र चर्को घामका कारण प्रतियोगितामा अगाडी बढ्न नसकेको पिक्काको प्रतिक्रिया थियो । भारतकै स्वर्णदिप सिंह ढोढीले पनि सेमिफाइनलमा स्थान बनाए । ढोढीले पोखराका गोपीबहादुर भट्टराईलाई ६–१, ६–२ को सहज सेटमा पराजित गर्दै अर्का भारतिय खेलाडी कमलेशसंगको सेमिफाइनल भेट पक्का गरे ।

४५ वर्ष माथिको एकलमा भारतका चन्द्र भुषण, नेपालका प्रताप मोक्तान र नेपालकै विमल गुरुङ्ग सेमिफाइनल पुगेका छन् । चन्द्र भुषणले मनोज बिक्रम शाहलाई ६–१, ६–१ मा, प्रतापले आशिष सिग्देललाई ७–५,३–६ र ६–२ मा र विमलले राजु श्रेष्ठलाई ६–४, १–६ र ६–२ को सेटमा पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् । सोहि इभेण्टमा अनुज बाँस्तोलाले अमृत कार्कीलाई ६–१, ७–५ को सेटमा पराजित गर्दै क्वाटरफाइलमा प्रवेश गरे ।

५५ वर्ष माथिको एकलमा भारतका प्रदिप कुमार गुप्ता, नेपालका झ्म्बा ढुण्डुप, मनोज शम्शेर राणा र समिर शेरचनले सेमिफाइनलमा स्थान बनाएका छन् । भारतका प्रदिपले भारतकै बिएनएस नेगीलाई ६–०, ६–२ मा झ्याम्बाले पदम गुरुङ्गलाई ६–२, ६–४ मा, मनोजले करिमुल्ला मुस्लिमलाई ६–१, ६–२ मा तथा समिरले राजेन्द्रसिंह भण्डारीलाई ६–४, ३–६ र ६–१ को प्रतिस्प्रधात्मक सेटमा पराजित गर्दै अन्तिम चारमा आ–आफ्नों नाम लेखाएका हुन् ।

प्रतियोगिता अन्र्तगत डबल्सतर्फको प्रतिस्पर्धापनि बुधबारबाटै शुरु भएको छ । ३५ वर्ष माथिको डबल्समा गोपीबहादुर भट्टराई र नविन चालिसेको जोडिले राजन बिजुक्छे र सुरेश कुमार श्रेष्ठको जोडिलाई ७–५,७–६ ले पराजित गरे भने मनोज राणा र स्वर्णदिप सिंहको जोडिले सूर्य भुजेल र लोक गुरुङ्गको जोडिलाई ६–२, ६–१ को सेटमा पराजित गरे । त्यसैगरि महेश श्रेष्ठ र मानसिंह थापाको जोडिले सिमान्त गुरुङ्ग र निमा लामा शेर्पाको जोडिलाई ६–३, ६–४ को सेटमा पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका छन् ।

 

कमेन्टहरु
Loading...