रजत पदक बिजेता झरनाले लिइन् सन्यास

भारत, सिलोङ, २७ माघ/भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक बिजेता उसु खेलाडी झरनाले खेल जीवनबाट सन्यास लिएकी छिन् ।

रजत पदक बिजेता झरनाले लिइन् सन्यास
रजत पदक बिजेता झरनाले लिइन् सन्यास

उसुको सान्सुतर्फ ५२ केजी तौल समूहमा रजत जिते लगत्तै उनले सन्यासको घोषणा गरेकी हुन् । यद्यपी उनले यसको औपचारिक घोषणा काठमाडौं फर्केपछि गर्ने बताएकी छिन् ।

पोखरेली चेली झरनाले ईन्जुका कारण आफूले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सबै खेलबाट सन्यास लिएको प्रष्ट्याइन् । पोखरा पावरहाउस नजिकै घर भएकी उनले उसु नै भने नत्याग्ने बताइन् । भनिन्, ‘म एरिनामा उत्रेर अब खेल्दिन, तर प्रशिक्षण वा त्यस्तै अरु क्षेत्रबाट उसुमा जोडिरहन्छु ।’

स्वर्णको आशा गरिएपनि उनी घाइते भएकाले फाइनल प्रतिष्पर्धामा सोंचे जस्तो प्रदर्शन गर्न सकेकि थिइन् । उनको देबे्र कुम राम्रोसँग चल्दैन भने उनले सेमीफाइनल र फाइनल दुबैमा दुखाइ कम गर्न इन्जेक्सन प्रयोग गरेकी थिइन् । उनको अहिले सिलोङकै एक अस्पतालमा उपचार भइरहेको छ ।

भियतनाममा भएको आठौं अन्र्तराष्ट्रिय उसु च्याम्पियनसीपमा काश्य, फष्र्ट एसियन मार्सल आर्ट च्याम्पियनसीपमा काश्य, एघारौं दक्षिण एसियाली खेलकुद (साग)मा काश्य पदक जितेकी उनको सबैभन्दा ठूलो पदक बाह्रौं दक्षिण एसियाली खेलकुद (साग)मा पाएको रजत पदक नै हो । झरना खेलकुद पत्रकार मञ्च नेपालले आयोजना गरेको पल्सर वर्ष खेलाडी पनि हुन् ।

शुरुमा मार्सलआर्टबाट खेल जीवन शुरु गरेकी झरनाले ७ वर्ष अघीदेखी उसु खेल्न शुरु गरेकी हुन् । उनले पोखरा चिप्लेढुङ्गास्थित पोखरा टे«डमल र काठमाडौंमा गरी दुइ ठाउँमा व्यवसाय पनि शुरु गरेकी छिन् ।

कमेन्टहरु
Loading...