बजेटका कारण पुर्वाधारका काम रोकिदैन–मन्त्री विश्वकर्मा

पोखरा, २९ भदौ/ बजेटकै कारण पुर्वाधार निर्माणको काम नरोकिने युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बताएका छन् ।

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताका लागि बजेट अभाव नहुने बताए । आईतबार पोखरा रंगशाला निरीक्षणपछि मन्त्री विश्वकर्माले बजेटका कारणले पुर्वाधारको काम नरोकिने बताए ।

उनले साग नेपालको प्रतिष्ठाको विषय भएकोले स्वीकृति लिएर काम अगाडि बढाउन निर्देशन गरे । पोखरा रंगशालाभित्रको फुटबल मैदान कार्तिक १५ भित्रको बोर्डरलाईनमा निर्माण पुरा हुने दावी गरिएको छ । महिला फुटबललाई लक्षित गरी मैदानको काममा तदारुकता देखाएका हुन् ।

मन्त्री विकले जिल्ला तथा क्षेत्रीय खेलकुद विकास समिति पदाधिकारी नयाँ खेलकुद ऐन आएपछि नियुक्ती हुने बताए । उनले अहिले चालु अधिवेदनबाट पारित भएको अवस्थामा ऐन अनुसार नै नियुक्त गर्ने प्रष्ट पारे । ‘चालु अधिवेशनमाबाट ऐन पारित नभए मौजुदा ऐेन अनुसार जिल्ला तहमा पदाधिकारी नियुक्त गर्ने छौं ।’ उनले भने–‘ लामो समय रिक्त राख्दैनौं ।’

कमेन्टहरु
Loading...