पोखरामा खुल्यो हिमाल, पोखरा घुम्ने समय

केशवशरण लामिछाने

नेपालको मध्ये विन्दु पोखरा । पोखरा भन्नेबित्तिकै मनको आँखामा एउटा तस्बिर आइपुग्छ—फेवातालमा माछापुच्छ्रे हिमालको छाया खेलिरहेको। टे्रडमार्क नैै बनेको छ हिमाल पोखराको। तर हिमाल जहिले पायो तहिले कहाँ देखिन्छ र जुनसुकै मौसममा छ्याङ्ग खुल्दैन। पोखराले निख्खर हिमाल देखि रहेको छ । दिनदिनै हिमालले बादलको पर्दा हटाएर पोखरालाई हेर्न थालिसकेको छ।

घुमक्कडहरुको प्याराडाइजु पोखरा आउँदा हिमाल खुलेन वा देख्न पाइएन भने त्यो यात्रा सार्थक हुँदैन। हरिया डाँडापाखा त जुनसुकै ठाउँमा पनि छन्। तर पोखराबाट जसरी हिमालसँग आँखा जुधाउन अन्त कहिँबाट पाइन्न। हो, हिमाल पनि नेपालका अरु धेरै डाँडाबाट समेत देखिन्छ। तर पोखराबाट देखिने र अन्तबाट देखिनेको हिमाली सौन्दर्यको अन्तर नाप्ने यन्त्र विज्ञानले बनाइसकेको छैन।

पोखरा प्रिमियर लिगको तयारी अन्तिम चरणमा हिमाल खुले पछि आयोजक उत्साहीत
पोखरा प्रिमियर लिग लागि पोखरा क्रिकेट मैदान तयार । तस्बिरः सुर्दशन रञ्जित

भदौ मासबाट खुल्न थालेको हिमालको रङ अरुबेला भन्दा भिन्न छ। अहिलेको हिमाल दूधे हिमाल हो, पर्यटनविद् झलक थापा भन्छन्, अर्को महिना हिउँको रङ फरक देखिन थाल्छ। जब हिमाल खुल्न थाल्छ तब सौन्दर्य पारखी पोखरा भित्रन थाल्छन्। हिमाल खुल्न सुरु हुनु भनेको पोखरा घुम्ने मौसम सुरु हुनु हो। हिमाल उघ्रिन थाल्नु भनेको पोखरामा तापक्रम ओर्लन थाल्नु पनि हो। नेपालका धेरै सहरभन्दा शीतलो यो ठाउँ काठमाडौंमा भन्दा ३ डिग्री बढी गर्माउँछ। तर अब हिमाल खुल्न थालिसकेको आकाशबाट घामले पोखरालाई तताउने र मान्छेको पसिना निकाल्ने तागत राख्दैन।

हिमाली शृंखला, हिमाल र पोखरासँग

धेरैथरी विशेषता जोडिएका छन्। त्यसैले हिमाल खुल्नु सुरु हुनुको खास अर्थ हुन्छ पोखरामा। पोखराबाट माछापुच्छे्र हिमालसम्मको हवाई दुरी ३३ किलोमिटरमात्रै हो। यति अग्लो हिमाल र यति नजिकको सहर विश्वमा विरलै भेटिन्छ भन्छन् पर्यटनकर्मी। दुरी छोटो भए पनि हिमाल हेर्दा स्विटर वा जाकेट भिर्नुपर्दैन पोखरामा टिसर्टै काफी हुन्छ। यो उपत्यका यस मानेमा पनि भाग्यमानी छ कि संसारका सबैभन्दा अग्ला १४ हिमालमध्ये ३ यहींबाट देखिन्छन्— धौलागिरि, अन्नपूर्ण र मनास्लु। ८ हजार मिटरभन्दा अग्ला चुचुरा यति संस्ख्यामा दुनियाँको अर्को कुनै एकै सहरबाट देखिन्न।

खुलेको पोखरामा पर्यटक रमाउदै शनिबार विहान खुलेको हिमाल, ताल र पोखराको दृश्यमा पर्यटक रमाएर तस्बिर खिच्दै । तस्बिरः दुर्गा पौडेल
शनिबार विहान खुलेको हिमाल, ताल र पोखराको दृश्यमा पर्यटक रमाएर तस्बिर खिच्दै । तस्बिरः दुर्गा पौडेल

घुमफिर रुचाउनेको लिस्टमा पर्ने धेरै ठाउँका धेरैखाले विशेषता पक्कै हुन्छन्। ती विशेषताको स्वाद लिन त्यस्ता गन्तव्यको पनि कुनै निश्चित ठाउँ नपुगी धरै हुँदैन। पर्यटनविद झलक थापा भन्छन्, पोखरामा भने हिमाल हेर्दिन भनेर पनि सुख पाइन्न, हेर्नै पर्दैन आउँदाआउँदै देखिन्छ। हो पोखरामा हिमाल हेर्ने भनेर कुनै निश्चित प्वाइन्ट छैन। काठमाडौंबाट आउँदा कास्की नटेक्दै तनहुँको दुलेगौंडातिरैबाट देखिन थाल्छ हिमाल। पोखरै आइपुगेपछि भने उत्तर फर्किए पुग्छ दैनन्दिन कामकाज गर्दागर्दै जहाँकहिँबाट पनि देखिन्छ हिमाल। कहिँकहिँ भने केही घरले छेक्लान् नत्र बाटोघाटो, पुल, मन्दिर र चौताराहरु सबैसबैलाई हिमाल हेर्ने प्वाइन्ट भन्दिए हुन्छ।

पोखरा खाल्डोबाटै देखिने हिमालको सूची

माछापुच्छ्रे र अन्नपूर्ण अनि धौलागिरि र मनास्लुमा टुंगिदैन। लस्कर लामो छ। पश्चिमबाट सुरु गर्ने हो भने धेरैका आँखा धौलागिरी प्रथम हिमालमा पर्छ। किनभने यो धेरैले चिनेको हिमाल हो। त्योभन्दा अझै उता देखिने पनि छ—पुठ्ठा हिउँचुली। धौलागिरिपछि पूर्वतिर आँखा मोड्दै ल्याउँदा देखिन्छ मोदित्से हिमाल। अन्नपूर्ण साउथ नामले चिनिने हिमाल चौथो नम्बरमा देखिन आइपुग्छ। घान्द्रुक हिउँचुली अन्नपूर्ण प्रथम क्रमशः देखिँदै आउँछन्।

घुमेर अघाइन्न पोखरा, पोखरामा घुम्नै पर्ने ठाउँहरु
घुमेर अघाइन्न पोखरा, पोखरामा घुम्नै पर्ने ठाउँहरु

अन्नपूर्ण प्रथम ८०९१ मिटर त्यही हिमाल हो जसले पोखरालाई मात्रै होइन नेपाललाई नै विश्वमा चिनायो। ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ हिमालमध्ये सबैभन्दा पहिला मानव पाइला परेको हिमाल यही हो। आरोहणका मामलामा सगरमाथाभन्दा ३ वर्ष जेठो छ अन्नपूर्ण प्रथम। फ्रान्सका नागरिक मौरिस हर्जोग नेतृत्व टोलीले २००७ साल जेठ १९ गते अर्थात सन् १९५० को जुन ३ तारिख यो हिमाल चढेको थियो। त्यो खुसीलाई फ्रान्सले राष्ट्रिय महोत्सवकै रुपमा आयोजना गरेर मनायो। त्यसपछि फ्रान्समा पोखरामात्रै होइन विश्वैभरि नेपाल प्रचारित भयो।

३४ वर्षे हर्जोगले विश्वकै दसौं अग्लो हिमाल अन्नपूर्ण प्रथम

आरोहणबारे संस्मरण लेखे—मों रनेसँस अफ्रे ला अन्नपूर्ण अर्थात अन्नपूर्ण आरोहणपछि मेरो पुनर्जन्म। त्यो किताब ५० भन्दा बढी भाषामा उल्था भएर १ करोड ६० लाखभन्दा बढी प्रति बिक्री भयो र सँगसँगै प्रचार भयो पोखरा। नेसनल जिओग्राफिकले साहसिक यात्राबारे अहिलेसम्म लेखिएका उत्कृष्ट किताबको सूचीमा छैटौं नम्बरमा हर्जोगको संस्मरणलाई राखेको छ। सन् १९७० मा क्रिश्चियन बोनिङ्टन नेतृत्वको ब्रिटिस आरोहण दलले फेरि अन्नपूर्ण चढ्यो र उनले पनि किताब लेखे। हर्जोगले उत्तरी मोहडाबाट चढेको हिमाल बोनिङ्टन टोलीले भने दक्षिण दिशाबाट उक्लेको थियो। किताब पनि अन्नपूर्णको दक्षिणी मोहोडा अर्थात साउथ फेस अफ अन्नपूर्ण भनेर लेखेका थिए बोनिङ्टनले। पोखरालाई प्रचार गर्ने अर्को कोसेढुंगासरहको किताब थियो त्यो।

गंगापूर्ण अर्को महत्वपूर्ण इतिहास

जोडिएको हिमाल हो जसलाई हेर्न पोखराको रामबजारतिरको इलाका पुगे हुन्छ। माछापुच्छे्रबाट छेलिएको यो हिमाल महिलाले आरोहण गरेको पहिलो नेपाली हिमाल हो। सगरमाथा चढ्नुअघि जुनको ताबेईका पाइलाले यही हिमालको टाकुरा चुमेकि थिइन्। तार्केकाङ, खाङसारकाङ भन्ने २ हिमाल गंगापूर्णभन्दा पश्चितिरै पर्छन्। पूर्वतिर भने मर्दी हिमाल छ। अनि लहरै आउँछन् अन्नपूर्ण तेस्रो, चौथो, दोस्रो, लमजुङ र सिकलेस हिमाल। सँगैको हिमलुङ हिमाल पोखराको मैदानी भागबाट भने देखिन्न। त्यो हेर्न मट्टिखान डाँडा उक्लनुपर्छ भन्छन् पर्यटनविद् झलक थापा।

himal khula ko पोखरामा झ्म्मै हिमाल खुले पछि
himal khula ko पोखरामा झ्म्मै हिमाल खुले पछि

मर्स्याङ्दी नदीको नाम त सबैले सुनेकै छन्। तर पोखराबाट देखिने एउटा हिमालको नाम पनि छ मर्स्याङ्दी। सिकलेस हिमालपछि मनास्लुभन्दा अघि छ मर्स्याङ्दी। मनास्लु आफैंमा हिमशृंखला हो। यो शृंखलामा मुख्य मनास्लु र मनास्लु नर्थसहितका हिमाल पर्छन्। नेपालमा जति हिमाल छन् ती सबैको नाम छैन। क्रमशः नामकरण हुँदैछ। पोखराबाटै देखिने एउटा हिमालले पछिल्लो समय नयाँ नाम पाएको छ हर्कचुली। भूगोलविद डा। हर्क गुरुङको सम्मानमा राखिएको त्यो हिमाललाई पहिला पिक ट्वान्टी नाइन भनिन्थ्यो भन्छन् थापा।

हर्क चुलीमा

गएर पनि टुंगिदैन पोखराबाट हेर्न पाइने हिमाली सूची। त्यसपछि पनि बाँकी नै हुन्छ बौद्ध हिमाल। त्यही हो यो सहरबाट आँखा नचाउँदा पूर्वको अन्तिम सीमास्तम्भझैं खडा हुने हिमाल। मट्टिखानको डाँडै उक्लने हो भने त गणेश हिमाल शृंखला पनि देखिन्छ, थापा भन्छन्।

पोखराबाट हेर्दा सबैभन्दा अग्लो माछापुच्छे्रे नै हो कि लाग्छ तर त्योभन्दा धेरै अग्लो हुन् अन्नपूर्ण र धौलागिरी। कहाँको ६ हजार ९ सय ९३ मिटर अग्लो माछापुच्छ्रे र कहाँका विश्वकै अग्ला धुरीजस्ता धौलागिरि अनि अन्नपूर्णहरु। त्यसैले बुद्धि परियारले गीतै बनाएका थिए—माछापुच्छे्र भन्नुमात्रै धौलागिरि अग्लो, भेट हुन लेख्या रैछ, हिजो लाथ्यो झल्को।

himal khula ko पोखरामा झ्म्मै हिमाल खुले पछि
himal khula ko पोखरामा झ्म्मै हिमाल खुले पछि

कवि तीर्थ श्रेष्ठ पोखराबाट देखिनेभन्दा नेदेखिने हिमाल पनि थुप्रै भएकाले पोखराभन्दा वरिवरिका डाँडा र गाउँ उक्लन सुझाव दिन्छन्। अन्नपूर्ण आधार शिविर गएपछि देखिने गन्धर्व चुली, टेन्ट पिक लगायत हिमाल उनको सिफारिस सूचीमा छन्। भन्छन्, माछापुच्छे्रमात्रै होइन सबै हिमाललाई भिन्दाभिन्दै ठाउँबाट हेर्दा भिन्दाभिन्दै देखिन्छ। त्यसरी एउटै हिमाललाई फरकफरक देख्न पाइन्छ।

पोखरा आउने पर्यटक फेवाताल नपुग्ने सायदै हुन्छ। तर सबैले पोस्टकार्डमा देखेझैं फेवातालमा माछापुच्छे्रको प्रतिबिम्व देख्दैनन्। सामान्यता पर्यटक तालबीचको बाराही मन्दिरतिर पुग्छन् र खोज्छन् माछापुच्छे्र छाया। तर त्यो होइन खोज्ने ठाउँ। माछापुच्छे्र छाया तालमा हेर्ने नै हो भने बिहानको मिर्मिरेतिर ड्यामसाइड पुग्नुपर्छ अनि देखिन्छ प्रकृतिको लीला। अहिलेदेखि खुल्न थालेको हिमाल अब माघफागुनसम्मै देख्न पाइन्छ आक्कलझुक्कल बादलले छेकेको दिनबाहेक। तर हिमाल खुल्न थाल्नासाथैको दूधे हिमालको दृश्य किन छुटाउनुरु टाढा छैन है पोखरा।

खुल्यो हिमाल, फराकीलो सडक र हिमाल जिरो किमी देखी विध्यवासीनि सम्म

खुल्यो हिमाल, फराकीलो सडक र हिमाल जिरो किमी देखी विध्यवासीनि सम्म

Posted by Ganthan.com on Thursday, September 20, 2018

कमेन्टहरु
Loading...