धरान पाँचौ पोखरा कपको सेमिफाईनलमा

पोखरा, ०७ वैशाख/धरान फुटवल क्लब पोखरामा जारी पाँचौ पोखरा कपको सेमिफाईनल प्रबेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा पाँहुना टोली उडिसा फाओ एकेडेमी भारतलाई ३— ० ले हराउदै धरान अन्तिम चारमा पुगेको हो ।

धरान पाँचौ पोखरा कपको सेमिफाईनलमा
धरान पाँचौ पोखरा कपको सेमिफाईनलमा

पहिलो हाफ बराबरीमा सकिएपनि खेलको ५९ औं मिनेटमा धरानका तीर्थ बस्नेतले गोलको खाता खोलेका थिए । खेलको ७५ औं मिनेटमा लक्ष्मण रुचालले अग्रता दोब्बर पारे भने जिम्मीले ८४ औं मिनेटमा धरानको लागि तेस्रो गोल गरेका थिए । म्यान अफ दी म्याच धरान एघारका वर्तमान राइ घोषित भए ।

खेल तालिका अनुसार दिल्ली युनाईटेड एफसीले प्रतियोगितामा सहभागीता जनाउने भनिएपनि अन्तिम समयमा अर्को भारतीय टिम आएको हो । आजको विजेता धरानले फाईनल प्रबेशको लागि बैशाख ९ गते आर्मी क्लबको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत भोलिको पहिलो सेमिफाईनल खेल मनाङमस्र्याङदी क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लबको विचमा हुनेछ । प्रतियोगिताको फाईनल खेल बैशाख ११ गते हुनेछ ।

खेल पश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै धरान फुटवल क्लवका प्रशिक्षक सुवास केसीले आजको खेल राम्रो भएको वताए । अव आर्मी संग हुने खेल पनि राम्रो प्रस्तुती रहने उनको भनाइ रहेको थियो । त्यस्तै उडिसा फाओ एकेडेमी भारतका प्रशिक्षक एस के मन्जुरले नेपालमा पहिलो पटक फुटवलमा सहभागी हुन पाउदा खुसी लागेको वताए । आफ्नो अण्डर २२ को खेलाडीले नेपालको राम्रो टीम संग प्रतिस्पर्धा गर्नु नया अनुभव भएको उनको भनाइ रहेको थियो । आफ्नो खेलाडीले राम्रो खेल प्रस्तुत गरेको उनले वताए ।

कमेन्टहरु
Loading...