बीबीए कलेज स्तरीय फुटबलको उपाधि भक्तपुर बहुमुखीलाई

पोखरा, २६ पुस/ आठौं सस्करणको बीबीए कप कलेजस्तरीय फुटबल प्रतियोगिताको उपाधि भक्तपुर बहुमुखी क्याम्पसले जितेको छ । नेपाल कर्मस क्याम्पसलाई १–० गोलले पराजित गर्दै उपधि जतेको हो । ३२ औं मिनेटमा सुविन बोगटीले गरेको गोल निर्णायक गोलले भक्तपुरले उपाधि उचाल्नको हो ।

सातौं सस्करणको विजेता जनप्रिय बहुमुखी क्याम्पस पोखराको आयोजनामा गत १८ गतदेखि लेखनाथको भण्डारढीकस्थित खेल मैदानमा आयोजित प्रतियोगितामा नेपालका बीबीए अध्ययन गराउने १७ कलेजको सहभागिता रहेको थियो । विजेता भक्तपुर बहुमुखी क्याम्पसले नगद ७५ हजारसहित च्याम्पियन ट्रफी उचाल्यो । उपविजेता बनेको नेपाल कमर्स क्याम्पसले भने ३५ हजार रुपैयाँ पुरस्कार राशी पायो ।

प्रतियोगितामा बेष्ट गोलकिपरको पुरस्कार भक्तपुरका अनिष थापा घोषित हुदाँ उनले उत्कृष्ठ खेलाडीको पुरस्कार समेत थापे । बेष्ट गोलकिपर हुदैै नगद दुईहजार पाउँदा उत्कृष्ठ खेलाडीको पुरस्कार स्वरुप नगद पाँच हजार थापे । बेष्ट डिफेन्सबाट भक्तपुरकै रविन दंगाल घोषित भए । बेष्ट मिडफिल्डरबाट भक्तपुरकै विनय श्रेष्ठ घोषित हुदाँ बेष्ट स्ट्राईकरको पुरस्कार भने नेपाल कर्मस क्याम्पसका विकास कार्की घोषित भए ।

सर्वाधिक गोलकर्ताको पुरस्कार महेन्द्रमोरंग आदर्श बहुमुखी क्याम्पस रोशन तामाङले पाए । उनले प्रतियोगिता अवधिमा चार गोल हिर्काएका थिए । फेयर प्ले(अनुसाशित टोली) टिमको पुरस्कार महेन्द्रमोरङ आर्दश बहुमुखी क्याम्पस घोषित भए । सम्मान स्वरुप नगद १० हजार(प्रतियोगितामा सहभागितको प्रवेश शुल्क) प्राप्त प्रचारप्रसार संयोजक प्रज्वल दाहालले बताए ।

विजेता खेलाडीहरुलाई ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी, आयोजक जनप्रिय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बिरन्जी गौतम, क्याम्पसका स्ववियु सभापति आशिक गुरुङ लगायतले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए । उपाधि विजेता भक्तपुर बहुमुखी क्याम्पसले नवौं सस्करणको प्रतियोगिता आयोजना गर्ने प्रचारप्रसार संयोजक दाहालले बताए ।

कमेन्टहरु
Loading...