पोखरामा विद्यालय स्तरीय व्याडमिन्टन प्रतियोगिता जारी

पोखरा, ११ भदौ / पोखरामा रंगशालास्थित व्याडमन्टिन कभर्ड हलको कोर्टमा आयोजित १८ औं सस्करणको इन्द्रबहादुर गुरुङ स्मृति विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिताको दोस्रो दिन बुधबार मावितह (१२ कक्षासम्म) छात्रा एकल तर्फको प्रतिस्पर्धामा जनप्रियकी सविना आचार्यले पोखरा उमावि(पिएचएसएस)की कृति पोखरेललाई १५–१०, १३–१५ र १५–७ को कठिन सेटमा पराजित गर्दै अर्को चरणमा उक्लिएकी छन् ।

टप्सकी सुमिना रानामगरले सैनिक आवासियकी आकृति पोखरेललाई १५–१२, १५–१० को सेटमा पराजित गरिन् । जनप्रियकी सोहाना क्षत्रीले शान्ति निकेतनकी सल्मा आलेलाई १५–१४,१५–७ को सेटमा पराजित गरिन् । सैनिककी स्वष्तिका पौडेलले टप्सकी खुशी गुरुङमाथि १३–१५,१५–१४ र १५–११ को सेटमा चुनौति पन्छाईन् ।

जनप्रियकी सदिक्षा आचार्यले गण्डकी बोर्डिङकी अमिशा कार्कीलाई १५–११, १५–५ को सेटले पराजित गरिन् । जनप्रियकी पुजा शर्माले टप्सकी प्रिजा गुरुङलाई पराजित गर्दा जनप्रियकै परीक्षा केसीले केएमएकी आस्था तामाङलाई र पिएचएसएसकी बिनिता बास्तोलाले शान्ति निकुन्जकी जीना जलारीलाई पराजित गरेकी थिईन् ।

छात्र तर्फको प्रतिस्पर्धामा ज्योतिकुञ्जका रितिक गुरुङले एसओएसका अपिल केसीलाई १५–२, १५–९ को सेटले पराजित गरेका छन् । प्रतिभाका निशान थापाले पिएचएससका सुबोध पोखरेललाई १५–२, १५–१ को सेटले पराजित गरेका थिए । ग्लोबलका बरुण गुरुङले जनप्रियका अनिष क्षत्रीलाई पराजित गर्दा सैनिकका सुदिप पौडेलले केएमएका रोशन घर्तीमगरलाई पन्छाए ।

माध्यमिक तह(१० कक्षासम्म) छात्र एकल तर्फको प्रतिस्पर्धामा प्रगतिका शशांक अधिकारीले सैनिक आवसिय विद्यालयका विजय खत्रीलाई १५–७,१५–७ को सोझो सेटमा पराजित गरेका थिए । ग्लोबलका याशिकन गुरुङले प्रगतिका सुमन गुरुङलाई १५–३, १५–११ को सेटले पन्छाए ।

सैनिकका सौरभ थापाले प्रगतिका आयुश केसीलाई सोझो सेटमा पराजित गरेका थिए । सैनिकका अनमोलले आफनै विद्यालयका अनमोल बोगटीलाई पन्छाए । सोही इभेण्ट अन्तर्गत गल्र्स सिंगल तर्फको प्रतिस्पर्धामा टप्सकी प्रजिता गुरुङले केएमएकी सविना काफ्लेलाई १५–३, १५–१ को सेटमा पराजित गरेकी छन् ।

एसओएसकी लामा ढोल्कार गुरुङले पोखरा लर्नसकी साग्या गुरुङलाई १५–४,१५–११ को सेटमा पराजित गरिन् । सैनिककी स्वेच्छा खड्काले टप्सकी रिया गुरुङलाई, प्रगतिकी निरजरा खड्काले सेन्टमेरिजकी श्रेया भट्टराईलाई पराजित गरिन् । यसैगरी आधारभूत तह (८ कक्षासम्म) तर्फ छात्र एकलको प्रतिस्पर्धामा सैनिककी विजय खत्रीले प्रगतिका सुनित सुनारलाई १५–१३, १५–९ को सेटले पराजित गरेका थिए ।

प्रगतिका सौगात अधिकारीले पोखरा एकेडेमीका विशाल विश्वकर्माले १५–१०, १५–१० को सेटले पन्छाए । प्रतियोगितामा २७ विद्यालयका ३०६ जना खेलाडीले प्रतिस्पर्धा गरेका छन् । फाईनल शनिबार हुने संघका सचिव दुर्गा जोजिजूले जानकारी दिए ।

कमेन्टहरु
Loading...