पोखराका सन्दीपले बनाएको एन्फाको लोगो उत्कृष्ठ, नगद ५० हजार पुरस्कार

पोखरा, २१ फागुन /पोखराका युवाले बनाएको लोगोलाई उत्कृष्ठ हुदै अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुरस्कृत गरेको छ । एन्फाले सोमबार नयाँ लोगो सार्वजनिक गर्दै पोखरेली सन्दीप तिवारीलाई उत्कृष्ठताको पुरस्कार प्रदान ग¥यो ।

एन्फाले नयाँ लोगो बनाउन सर्वसाधारण समक्ष आग्रह गरेको थियो । पाँच सय ७० लोगो मध्ये उत्कृष्ट ठहरिएको लोगो डिजाइनकर्ता सन्दिपलाई ५० हजार सहित पुरस्कृत गरिएको हो ।

एन्फा लोगो
एन्फा लोगो

नयाँ लोगोको माथि सगरमाथा र बीचमा नेपालको झण्डा राखिएको छ । पुछारमा फुटबलको चिन्ह रहेको छ । फुटबलमा ७ प्रदेशलाई प्रतिनिधित्व गर्ने घेरा राखिएको छ । एन्फाको लोगो दोस्रो पटक परिवर्तन भएको हो । यस अघि बिस २०६२–६३ को जनआन्दोलन पछि परिवर्तन गरिएको थियो । त्यसबेला हाल रहेको लोगोको मध्ये भागमा रहेको श्रीपेच हटाएर फुटबल राखिएको थियो ।

पोखराको बेगनासताल निवासी तिवारीले आफ्नो डिजाइन छनौट बन्दा अत्यन्तै खुशी लागेको प्रतिक्रिया दिए । उनलाई सोमबार शिवरात्रीको दिन अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिंग शेर्पाले नगदबाट पुरस्कृत गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिब केशव कुमार बिष्ट, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, केल्मीको नेपालमा आधिकारिक बिक्रेताका प्रतिनिधि प्रदिप न्यौपाने लगायतले लोगो सार्वजनिक गरेका थिए । नयाँ लोगोसँगै रातो र निलो कलरको राष्ट्रिय जर्सी, फुटबल गीत पनि सार्वजनिक गरिएको थियो ।

कमेन्टहरु
Loading...