पाँचौ राष्ट्रिय आर्चरी प्रतियोगिताको ओपन रिकभ पुरुषमा गुरुङ र महिलातर्फ स्याङ्देनलाई स्वर्ण (फोटो फिचर)

पोखरा, ११ माघ/पाँचौ राष्ट्रिय आर्चरी प्रतियोगितामा ७० मिटरको ओपन रिकभ अन्तर्गत पुरुष एकल तर्र्फ बारा आर्चरी क्लबका मीनबहादुर गुरुङ र महिलातर्फ हिमालयन आर्चरी क्लबकी कृष्णमाया स्याङ्देनले स्वर्ण जित्न सफल भएका छन् । पोखरा रंगशालाको आर्चरी मैदानमा शनिबार सम्पन्न फाइनलमा पुरुषतर्फ गुरुङले कुल १९२४ अंक जोड्दै स्वर्ण जितेका हुन् ।

पाँचौ राष्ट्रिय आर्चरी प्रतियोगिता
पाँचौ राष्ट्रिय आर्चरी प्रतियोगिता

त्यस्तै १९२१ अंकका साथ बारा आर्चरी क्लबका गंगा कुँवरले रजत र १९०७ अंकका साथ बाँके आर्चरी क्लबका मुकेश तामाङ काँस्यमा सीमित रहे । महिलातर्फ हिमालयनकी स्याङ्देनले १६४८ अंक जोड्दै स्वर्ण जित्दा १६१२ अंकका साथ सोही क्लबकी आयुषा तामाङले रजत र अन्नपूर्ण आर्चरी एशोसिएसन पोखराकी रेणु तामाङले १५६९ अंकसहित काँस्यमा सीमित रहिन् ।

शनिबार नै सम्पन्न ७० मिटरको ओपन रिकभ पुरुष मिक्स टिममा हिमालयन, अन्नपूर्ण र हिमालयनकै अर्को टिमले स्वर्ण, रजत र काँस्य पाए भने ओपन रिकभ पुरुष टिमअन्तर्गत बारा, हिमालयन र बाँकेले क्रमशः स्वर्ण, रजत र काँस्य जिते । प्रतियोगितामा कुल सात मेडल भित्राउँदै हिमालयन आर्चरी क्लब यसपटक च्याम्पियन भयो । ललितपुरको हिमालयन आर्चरीले दुई स्वर्ण, दुई रजत र तीन काँस्य जितेको प्राविधिक संयोजक योगेन्द्र शेरचनले बताए ।

अघिल्लो संस्करणमा भने अन्नपूर्ण आर्चरी एशोसिएसन च्याम्पियन भएको थियो । अघिल्लो दिन सम्पन्न ३० मिटरको स्टाडर्ड मिक्स टिममा टीआइए काठमाडौ, धरान र धरानकै अर्को टिमले स्वर्ण, रजत र काँस्य जितेका थिए । सोही इभेण्ट्सको एकल महिलामा टीआइएकी मानवी न्यौपाने, धरानकी परिणा राई र सोही क्लबकी हेमलता राईले स्वर्ण, रजत र काँस्य पाएका थिए भने एकल पुरुषमा तनहुँ आर्चरी क्लबका दर्शन गुरुङ, कास्कीका तिलक पुन र हिमालयनका अनिल भुजेलले स्वर्ण, रजत र काँस्य जितेका थिए ।

यसैगरी स्टाडर्ड पुरुष टिम इभेण्ट्समा बाग्लुङले स्वर्ण, कास्कीले रजत र हिमालयन आर्चरी क्लबले काँस्य
पाएका थिए । समापन समारोहमा पश्चिम पृतनाका पृतनापति उपरथि यज्ञबिक्रम राणा, आयोजक नेपाल आर्चरी संघका अध्यक्ष हरिध्वज तुलाचनले विजयीलाई मेडल र प्रमाणपत्र हस्तान्तरण गरे । सो अवसरमा प्रशिक्षक मीम गुरुङ तथा आर्चरीको भारतमा प्रशिक्षण गरेका खेलाडीहरु गंगा कुँवर, प्रेम गुरुङ, दर्शन गुरुङ, राजु केसी, मीनबहादुर गुरुङ, रोशन थापा, मुकेश तामाङलाई सम्मान गरिएको थियो ।

नेपाल इभेष्टमेण्ट बंैकको मुख्य प्रायोजनमा तीन दिनसम्म चलेको प्रतियोगितामा ११ जिल्लाको प्रतिनिधित्व रहने गरी ६५ जना खेलाडी प्रतिष्पर्धामा उत्रिएको प्रतियोगिता संयोजक बसन्त थकालीले बताए ।

पाँचौ राष्ट्रिय आर्चरी प्रतियोगिता
पाँचौ राष्ट्रिय आर्चरी प्रतियोगिता

aarchari (1) aarchari (2)

कमेन्टहरु
Loading...